काठमाडौं १४, वैशाख / राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सरकारको सिफारिसमा बैशाख २१ गतेका लागि व्यवस्थापिका संसदको अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषद बैठकले मंगलबारै बैशाख २१ गते विहान ११ बजेका लागि संसदको बजेट अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय लिएको थियो । राष्टपति भण्डारीले संसद सचिवालयलाई पत्र पठाई संसद बैठक आह्वान गरेकी हुन्…