१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

झापाका आदिवासीहरु आन्दोलित


३ आश्विन २०७३, सोमबार  

0
Shares

map of  jhapa

विर्तामोड ३, असोज / झापाका आदिवासीहरुले भौगोलिक, सांस्कृतिक , भाषिक र पहिचानलाई समेटेर स्थानिय निकायको पुर्नसंरचना गर्नुपर्ने माग गरेका छन् ।
भाद्र २७ गते स्थानिय निकायको राज्य पुर्नसंरचना समिति झापाले प्रस्ताव गरेको ११ वटा स्थानिय निकायमा आदिवासीहरुको भौगोलिक अखण्डता, सा“स्कृतिक विवितत्ता, जातिय सहिष्नुता र राजनैतिक हकमाथि षडयन्त्र भएको भन्दै उनीहरुले त्यसको पुनरावलोकन गर्न माग गरेका हुन् । सोमबार विर्तामोडमा हंसलाल राजवंशीको नाममा हस्ताक्षरित जारी प्रेस विज्ञप्तिमा आदिवासीहरुको पहिचान र अस्तित्वलाई नामेट हुने गरी भएको षडयन्त्रलाई कुनै पनि हालतमा नमान्ने जनाइएको छ । स्थानिय तह पुनसंरचना संघर्ष समिति झापाका संयोजक हंसलाल राजवंशीको अगुवाईमा भोलि स्थानिय विकास अधिकारी खेमराज ओझालाई ज्ञापनपत्र बुझाउनृे कार्यक्रम रहेको जनाइएको छ ।

प्रस्तावित गरेको झापाको स्थानिय निकाय

प्रकाशित मिति : ३ आश्विन २०७३, सोमबार  १२ : २७ बजे