चैत्र १५ गते तिनकुनेमा भएको हिँस्रक ‘जनआन्दोलन’ पछि रक्षात्मक बनेका राजावादीहरुले अब गणतन्त्र ढाल्नको लागि टुनामुनाको सहायता लिने भएका छन् । अनिश्चितकालीन ‘आन्दोलन’ घोषणा गरेको संयुक्त जनान्दोलन समिति’ ले मंगलबार भद्रकाली पीठमा तान्त्रिक अनुष्ठान गर्न लागेको हो । कार्यक्रममा गणतन्त्र ढाल्न र राजतन्त्रवादीलाई शक्ति उपार्जनको लागि टुनामुनासहितका विभिन्न कार्यक्रमहरु गर्न लागिएको आयोजक समितिका पदाधिकारीहरुले जानकारी…