झापा, चैत १७ । पूर्वी नेपालमा भुटानी शरणार्थी समस्या फेरि बल्झिन सक्ने देखिएको छ । भुटानले नेपाली भाषी आफ्ना नागरिकहरुलाई भारत हुँदै नेपालतिर लखेट्न थालेपछि नेपालमा बल्लतल्ल पार पाइएको भुटानी शरणार्थी समस्या फेरि बल्झिन सक्ने देखिएको हो । अमेरिकाबाट निष्काशित भएर भुटान फर्केका १० जना पूर्व शरणार्थीहरुलाई भुटानी सरकारले आफ्नो देशमा बस्न नदिई नेपालतिरै लखेटेको…