६ जेष्ठ २०८१, आइतबार | Mon May 20 2024

द्रब्यलाभ कृषि सहकारी संस्थाकाे ७ औं बार्षिक साधारणसभा सम्पन्न



गौरादह१०, पुस / कमल गाउँपालिका -१ मा रहेकाे द्रब्यलाभ कृषि सहकारी संस्थाकाे ७ बार्षिक साधारणसभा सम्पन्न भएकाे छ ।
गौरादह नगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि राेहित कुमार शाहले साधारणसभाकाे उद्घाटन गरेका थिए।
उद्घाटन गर्दै मेयर शाहले छरिएर रहेकाे पुँजीलाई एकीकृत गरि नागरिकको जीवन स्तर उकास्न सहकारी संस्थाकाे उल्लेखनीय भुमिका रहेकाे बताएका थिए ।
कमल गाउँपालिका -१ मा रहेकाे द्रब्यलाभ कृषि सहकारी संस्थाले १ करोड़ १९लाख १९ हजार ९ सय ८२ वरावरको कुल कारोवार गरेको छ।
संस्थाकाे ७ औं बार्षिक साधारणसभामा कार्यक्रमका सभापति समेत रहेका संस्थाका अध्यक्ष महेन्द्र बुढाथोकीले पेश गरेकाे संस्थाकाे प्रतिबेदनमा संस्थाकाे कुल काराेवारकाे जानकारी गराउदै छाेटाे समयमा संस्थाले फड्काे मारेकाे जानकारी गराए। संस्थाका काेषाध्यक्ष ईन्दिरा अधिकारीले संस्थाले गत आर्थिक बर्षमा ६ लाख ८३ हजार ८ सय ३८ रुपैयाँ आम्दानी र ३ लाख ३४ हजार ८ सय १७ रुपैयाँ खर्च भएकाे आर्थिक प्रतिबेदन पेश गरेकि थिइन। संस्थाका अध्यक्ष महेन्द्र बुढाथोकीले प्रस्तुत गरेकाे संस्थाकाे प्रगति प्रतिबेदन साधारणसभाले अनुमाेदन गरेकाे छ।संस्थाका लेखा संयाेजक मीन प्रसाद भण्डारीले लेखा तथा सुपेरिबेक्षण समितिकाे प्रतिबेदन प्रस्तुत गरेका थिए।द्रब्यलाभ कृषि सहकारी संस्था २०७१ सालमा स्थापना भएपनि हाल सम्म संस्थामा १ सय ७५ जना सेयर सदस्य रहेकाे जनाइएको छ।
कमल पाेखरी सामुदायिक भवनमा सम्पन्न साधारणसभामा जनप्रतिनिधि ५ जना संस्थाका जेष्ठ सदस्य १ जना उत्कृष्ट बाल बचत कर्ता १ जना उत्कृष्ट ऋणी १ उत्कृष्ट बचत काराेवार गर्ने १ जना सामाजिक ब्याक्तीतब ४ जना र कर्मचारी १ जनालाई प्रसंसापत्र दिइएको थियाे।
कमल गाउँपालिका वडा नं -१ का वडाध्यक्ष केदार कटुवाल, समाजसेवी लय प्रसाद चौलागाईंलगायतले शुभकामना मन्तब्य राखेका थिए।
संस्थाका पुर्ब अध्यक्ष तिलकराज तिम्सिनाले स्वागत मन्तब्य राखेकाे कार्यक्रममा सचिब शरण कुमार अधिकारीले कार्यक्रम संचालन गरेका थिए।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ७ : ५४ बजे