१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरबकाे याेजनामा बेवास्ता गरेकाे भन्दै शिवसताक्षीका उपभोक्ताहरूकाे असन्तुष्टि, १३५ जना उपभोक्ताले बुझाए ध्यानाकर्षण पत्र



शिबगंज २१, बैशाख / झापाको शिबसताक्षी नगरपालिकाले नगरको सुकुम्बासीहरूकाे सहि ब्यवस्थापन र मापदण्ड अनुसारकाे रिङ्ग राेड निर्माण नगरी ढिलासुस्ती गरेकाेमा असन्तुष्टि जनाउँदै  त्यहाँका उपभोक्ताहरूले ध्यानाकर्षण पत्र बुझाएका छन् ।
हिजाे नगरपालिकाकि प्रशासकिय अधिकृत गिता कुमारी राईलाई नगरभित्रका १३५ जना उपभाेत्ताहरूद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्र कार्यालयमै गई उनीहरूले बुझाएका हुन् । 

नगरपालिका द्वारा विनियोजित  आर्थिक बर्ष २०७७।०७८ अन्तर्गत रु ६ करोड बजेट छुटिएकाे भए पनि बिनियोजित बजेटलाई कार्यान्वयन गर्न नगरपालिकाले ढिलासुस्ती गरिरहेकाे ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

नगरपालिककाे प्रायः सबै वडालाई छुने रिङरोडमा मापदण्द अनुसारको सडकको चौढाई नभएकाे , सुकुम्वासी व्यवस्थापन प्रकृया अघि नबढेकाे र कतिपय स्थानमा निर्माणधिन अवस्थाको योजना, योजनाको सुचना बोर्ड, स्टिमेट अनुसार नभएको र ढिलासुस्ती लगायतका बारेमा स्थानीय उपभोत्ताहरुको तर्फबाट नगरपालिकाको मुख्य कार्यालय व्याङडाँडा र वडा नं ६, ५ र ४ का वडा कार्यालयहरुलाई ध्यानकर्षण पत्र बुझाईएकाे थियाे ।
नगरको गौरबको योजनाहरुमध्ये शिबसताक्षी नगरपालिकाको रिङरोड हाे । तर, पाँचवर्ष समय बित्न लाग्दासम्म रिङरोडको अवस्था अन्यौल र अस्त–व्यस्त हुदाँ अाफुलाई उदेक लागेकाे स्थानिय सुन्दर राजवंशीले बताए ।
सडकमा ग्राभेलका लागि यत्रतत्र गिट्टी र बालुवा छरेको र सडकमा २० प्रतिशत ग्राभेल र ८० प्रतिशत बालुवा मिसाईएकाे पाईएकाेले बाटाे गुणस्तरीय नभएकाे उनकाे अाराेप छ । सडककाे ग्राभेलमा पनि बालुवा र गिट्टी मात्रा मापदण्ड अनुसार प्रयाेग नभएकाे उनले गुनासो गरे ।
त्यस्तैं, वडा न ४ र ५ लगायतका रिङरोडसँग जोडिएको गाउँहरुमा सुकुम्वासीहरुलाई व्यवस्थापन गर्न नगरपालिका अनाकानी गरिरहेको सो ध्याकर्षणपत्रमा उल्लेख छ ।
कालोपत्रे गर्न ठेक्का लागेपनि हालसम्म ठेक्का अनुसारको काम अघि नबढेको ध्यानाकर्षण पत्रमा जनाईएकाे छ ।
दक्षिणी शिबसताक्षी–६, ५ र ४ वडाका रिङरोडका उपभोत्ताहरुले नगरपालिका र वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
नगरपालिका, वडा कार्यालय ४, ५ र ६ सहित इलाका प्रहरी कार्यालय शिबगञ्जलाई बोधार्थ बनाइएकाे छ ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  १२ : ३७ बजे