१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

काेराेना संक्रमणबाट गाैरीगंज -६ का एक पुरूषकाे मृत्यु



गाैरीगंज ३०, वैशाख/ झापाको गौरीगञ्ज ६ का एक जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।
अन्य स्वास्थ्य समस्या समेत भएका ७२ वर्षिय ति पुरुषको उपचारका सिलसिलामा केही समय अघि कोरोना परिक्षण गरिएको थियो ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रका अनुसार उहाँको अन्य स्वास्थ्य समस्या पनि भएकाेले उपचारकै क्रममा कोरोना परिक्षण गर्दा रिपोर्ट पोजिटिभ आएपछि उहाँलाई कोशी कोभिड अस्पतालमा राखिएको थियो ।
आज मात्रै उहाँको निधन भएको पारिवारले पुष्टि गर्नुभएको छ । यस अघिको पहिलो चरणको संक्रमणमा समेत सोही वडामा एक जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ३ : १८ बजे