११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

गौरीगंज गाउँपालिकाको माग


४ आश्विन २०७३, मंगलबार  

0
Shares

गौरीगंज ४, असोज / gaupalikaसर्वदलिय संंघर्ष समिति गौरीगंजले ४ वटा गाविसलाई मिलाएर गौरीगंज गाउँपालिका बनाइनु पर्ने माग गरेको छ ।
नेपाली कांग्रेसका महासमिति सदस्य घनश्याम रिजालको संयोजकत्वमा गठित ३१ सदस्यीय संघर्ष समितिले गौरीगंज, खजुरगाछी, कोरोबारी, महाभारा, कोहबाराको केही भाग र जुरोपानी गाविसको केहीभाग मिलाएर गौरीगंज गाउँपालिका बनाइनु पर्ने माग गरेको हो । गौरीगंज बजार ऐतिहासिक ठाउ“ भएको, झापाकै पुरानो बजार भएको, हुलाकी राजमार्गसंग जोडिएको र चारवटै गाविसको बासिन्दाको लागि पायक पर्ने बजार भएकोले गौरीगंज गाउँपालिका बनाइनु पर्ने माग गरिएको हो । गौरीगंज गाविस हलमा मंगलबार बसेको सर्वदलिय बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल, सद्भावना पार्टी, तमलोपा, राप्रपा नेपाल, झापा उद्योग वाणिज्य संघ गौरीगंजका प्रतिनिधिलगायत यस क्षेत्रका बुद्विजीवि, समाजसेवीको उपस्थिति थियो । गौरीगंज, खजुरगाछी गाविसलाई गौरादह नगरपालिकामा समाबेश गरिएको र कोरोबारी गाविसलाई कमल नगरपालिकामा गाभेकोले त्यसको विरोध गर्दै गौरीगंज गाउँपालिका नबनाए कडा भन्दा कडा आन्दोलनमा जाने चेतावनी दिइएको छ । समितिले उदयलाल यादवको संयोजकत्वमा ७ सदस्यीय आर्थिक समितिसमेत गठन गरेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७३, मंगलबार  १ : ०६ बजे