१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

समाजसेवी राजवंशीको निधन


६ कार्तिक २०७३, शनिबार  

0
Shares

durga photo

गौरीगंज ६ , कार्तिक / संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य दुर्गा राजवंशीको शुक्रवार राती ९ बजेर १२ मिनेटमा आफ्नै निजी निवास गौरादह नगरपालिका वार्ड नं. ९ हेङ्गाटोलीमा निधन भएको छ ।
एक महिना अघिदेखि निमोनिया रोगले थला परेका राजवंशीलाई शनिवार हिन्दु धार्मिक परम्परा अनुसार नजिकको रामचन्द्र खोलामा अन्त्येष्टि गरिएको छ । वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराईरहेको नेता राजवंशीलाई सघन उपचार कक्ष (आई सी.यु.) मा १३ दिनसम्म राखी उपचार गराई घर ल्याइएको थियो । २०४६ सालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भुमिका खेलेका इमानदार, उच्च नैतिकवान एवं साधा जिवन यापन गर्ने व्यत्तित्व भएका राजवंशी वि.सं. २०२० देखि २०२२ सालसम्म कोहवारा गाविसका प्रधानपञ्च भएका थिए । स्व. गजेन्द्रनारायण सिंहले नेतृत्व गरेको तत्कालिन नेपाल सद्रभावना पार्टीका केन्द्रिय उपाध्यक्ष समेत भएका नेता राजवंशी पार्टीले काठमाडौं माइतीघरमा आयोजना गरेको १४ दिनसम्म भोक हड्तालमा सक्रिय सहभागि भएका थिए । झापा क्षेत्र नंं. ६ बाट दुई पटक संसदीय निर्वाचनमा उम्मेदवार भइसकेका राजवंशी २०६२ ÷६३ सालको गणतान्त्रिक आन्दोलनको नेतृत्व गरेका थिए । गौरीगंज बहुमुखी क्याम्पसका अध्यक्ष समेत भएका उनको अन्त्येष्टिमा समाजका आम जनमानसको बाक्लो उपस्थिी थियो । वि.सं. २००१ साल वैशाख १३ गते जन्मनु भएका उनको दुई छोरा बुहारी कमल प्रसाद राजवंशी, जमुना राजवंशी र तुलसी राजवंशी, रेणुका राजवंशी तथा तीन छोरी ज्वाई मायादेवी र चन्द्रप्रसाद, गंगावत्ती र नारायण तथा मिलन र टेकनारायण राजवंशी छन् । स्व. बुवा गोजो सिंह राजवंशी र आमा स्व. झोलो देवी राजवंशीको जेठो छोराको रुपमा जन्मनु भएका उनको एक श्रीमति स्व.चिन्ता देवी राजवंशी थिए । उनको ९ जना नाति र ३ जना नातिना छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७३, शनिबार  १२ : २७ बजे