१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरादह नगरपालिकामा गाभ्ने प्रस्तावप्रति संयुक्तरुपमा विरोध


१ आश्विन २०७३, शनिबार  

0
Shares

गौरीगंज १, असोज / नेपाली कांग्रेसका ३ वटा गाउँसमितिले गौरीगंज र खजुरगाछी गाविसलाई गौरादह नगरपालिकामा गाभ्ने प्रस्तावप्रति संयुक्तरुपमा विरोध गर्ने जनाएका छन् । उनीहरुले खजुरगाछी गाविस हलमा शनिवार संयुत्त वैठक वसी खजुरगाछी र गौरीगंजलाई गौरादह नगरपालिका तथा कोरोवारी गाविसलाई कमल नगरपालिकामा गाभ्ने प्रस्ताव अव्यवहारिक भएको भन्दै विभिन्न आन्दोलनका कार्यक्रमहरु तय गरेको हो । नेपाली कांग्रेस महासमिति सदस्य घनश्याम रिजाल, महासमिति सदस्य फुलवती राजवंशी, महाधिवेसन प्रतिनिधि पुष्पहरि वराईली, महाधिवेसन प्रतिनिधि उदयलाल यादव, खजुरगाछी गाउँसमिति सभापति बद्रीनारायण यादव, गौरीगंज सभापति राजेन्द्र कार्की र कोरोबारी सभापति अग्नु राजवंशीसहित ७ सदस्यीय संघर्ष समिति गठन गरेको छ । समितिले नेपाली कांग्रेस क्षेत्रीय समिति, जिल्ला समिति, केन्दिय समितिलाई जानकारी गराउने, झापाका स्थानीय विकास अधिकारी खेमराज ओझालाई ज्ञापनपत्र बुझाउने र अन्य राजनीतिक दलसंग सहकार्य गरी वृहत २५ सदस्यीय मोर्चा बनाई आन्दोलन गर्ने निर्णय गरेको छ । उनीहरुले गौरीगंज झापाकै पुरानो बजार एवं ऐतिहासिक ठाउ“ भएकोले यो गाविस लगायत खजुरगाछी, कोरोबारी र महाभारा गाविसलाई मिलाएर गौरीगंज गाउँपालिका बनाइनु पर्ने माग गरेको छ । यसअघि राज्य पुर्नसंरचना आयोग झापामा नेपाली कांग्रेस, एमाले र माओवादी पार्टीले ११ वटा स्थानिक निकाय रहने प्रस्ताव गरेको छ भने मधेशवादी दल , राप्रपा, आदिवासी जनजाति तथा लिम्बुवान जन्य संघसंघठनहरुले यसको विरोध जनाएका छन् ।

प्रकाशित मिति : १ आश्विन २०७३, शनिबार  ११ : ३३ बजे