३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

भारत र ईयूका राजदूतसँग स्पष्टिकरण लिन्छौं: मैनाली


२० चैत्र २०७२, शनिबार  

0
Shares

 

काठमाडौं  २०, चैत / उपप्रधान तथा महिला बालवालिका एवम समाज कल्याणमन्त्री सीपी मैनालीले भारत र यूरोपियन यूनियनले निकालेको संयुक्त बक्तब्यको विषयमा सरकारले सम्बन्धित मुलुकका राजदुतहरुसँग स्पष्टिकरण लिने बताएका छन् ।

‘भारत र ईयूको कुरा गलत भएकोले एक दुई दिनमै परराष्ट्र मन्त्रालयले उनीहरुलाई बोलाएर यस विषयमा बयान लिन्छ,’ मैनालीले काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा भने ।
मैनालीले भारतीय राजदुत रञ्जित रेले होलीको अवसरमा मधेसी मोर्चाका नेताहरुलाई बोलाएर भारत मधेसीको साथमा रहेको भनि दिएको अभिब्यक्ति कुटनीतिक चरित्र नभएको भन्दै उनलाई कुटनीतिक मर्यादाभित्र रहन सचेत गराए । उनले भने, ‘राजदूतहरुले आफ्नो कुटनीतिक मर्यादा कायम राख्नु पर्छ । बढी गरे सरकारले सोध्छ । राजदूत कुटनीतिक मर्यादामा रहने हो यहाँ बसेर राजनीति गर्ने होइन । भारतीय राजदूतले नेपालमा बसेर राजनीति गरेका छन् ।’

उपप्रधानमन्त्री मैनालीले ब्रसेल्समा नेपालको विषय एजेण्डा नबनोस् भनेर सरकारले पहिला नै यूरोपियन यूनियनका नेपाल प्रतिनिधिसँग छलफल गरेको जानकारी दिँदै ब्रसेल्स बक्तब्य उच्चताभाषको अभिव्यक्ति भएको टिप्पणी गरे ।

‘कास्मिरमा पनि आधा भारतमा र आधा जनता पाकिस्तानमा बस्छौं भन्छन्,’ समस्याहरु भारतमा पनि रहेको उल्लेख गर्दै भने, ‘भारतले किन हस्तक्षेप गर्ने ? भारत आफैँ शिशाको घरमा बसेर अर्काको घरमा ढुंगा हान्ने काम गरिरहेको छ ।’

तराई मधेस सदभावना पार्टी नेपालका अध्यक्ष महेन्द्र राय यादवले सरकारले आन्तरिक मामिला हल नगरेर भारतसहितका मुलुकमा गएर सच्याउँछौं भन्ने तर नगर्ने कारणले समस्या आएको भन्दै  ब्रसेल्स बक्तब्य उचित भएको दावी गरे ।

यादवले ब्रसेल्स बक्तब्य नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नभएको भन्दै यहाँ विभेद भएको बेला कुनै पनि मुलुकले त्यसको विरुद्ध बोल्न सक्ने तर्क गरे ।

 

प्रकाशित मिति : २० चैत्र २०७२, शनिबार  १ : ५४ बजे