११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

गाैरीगंजकाे क्वारेन्टाइनमा राखिएकाे ५ जनाकाे पिसीआर रिपोर्ट नेगेटिभ


२० बैशाख २०७७, शनिबार  

0
Shares

20200409_211800

गाैरीगंज २०, बैशाख / गाैरीगंजमा स्थापना गरिएकाे क्वारेन्टाइनमा राखिएकाे ५ जनाकाे पीसीआर रिपोर्ट नेगेटिभ आएकाे छ ।
बैशाख १७ गते ५ जनाकाे स्बावकाे नमूना संकलन गरि धरान स्थित  विपी काेईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाईएकाेमा उनीहरूकाे पीसीआर रिपाेर्ट नेगेटिभ आएकाे गाैरीगंज स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले बताएका छन् ।

त्यसैगरी क्वारेण्टाइनमा रहेका ११ जना पुरूषकाे आरडीटी प्ररिक्षण गर्दा नेगेटिभ रिपाेर्ट अाएकाे छ । उनीहरूलाई १४ दिन अघि गाउँपालिकाकाे क्वारेन्टाइनमा ल्याईएकाे थियाे । पीसीअार परिक्षण गरेका ५ जना र अारटिडी परिक्षण गरेका ११ जनाकाे रिपोर्ट नेगेटिभ अाएपछि उनीहरू सबैलाई घर पठाईएकाे छ ।

अब क्वारेण्टाइनमा ९ जना छन् । जसमध्ये ३ जना महिला र ६ जना पुरूष रहेका छन् ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  १२ : ०५ बजे