गौरादह १७, माघ/ गौरादह नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतकाे गाडीलाई लक्षित गरि पड्काईएकाे बमबाट क्षतिग्रस्त भएकाे घरकाे घरधनीले हालसम्म क्षतिपूर्ति पाएका छैनन्। बम बिस्फाेट भएकाे ४ महिना बितिसक्दा समेत नगरपालिकाले क्षतिपूर्ती दिन खासै चासाे देखाएको छैन। तत्कालीन गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र गौरादह नगरपालिका वडा नं ३ काे धाेबिनीयामा सरस्वती कटुवालकाे घरमा डेरा गरी…