४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

पार्टीप्रतिनिधिसहित जनप्रतिनिधिद्वारा हुलाकी सडककाे अनुगमन, गुणस्तरिय सामान प्रयाेग गर्न आग्रह


३१ बैशाख २०७७, बुधबार  

0
Shares

20200513_143254

गाैरीगंज ३१,बैशाख / गाैरीगंज गाउँपालिका वार्ड नं. ६ का पार्टीप्रतिनिधिसहित जनप्रतिनिधिहरूले आज अनुगमन गरेका छन् ।
उनीहरूले गाैरीगंज गाउँपालिका वार्ड नं. ६ अन्तर्गत हुलाकी सडकमा निर्माणाधिन कल्भर्ट र सडककाे अनुगमन गरेका हुन् ।
कल्भर्ट निर्माणमा कमसल इट्टा प्रयाेग भएकाे, सिमेन्टकाे मात्रामा कमबेसी गरेकाे र सडककाे चाैडाई पनि कम गरि खनेकाे जनगुनासाे आएपछि वार्ड नं. ६ का अध्यक्ष बद्रीनारायण यादवकाे नेतृत्वमा वडा सदस्य सहित पार्टी प्रतिनिधिहरूले अनुगमन गरेका हुन् ।

अनुगमन टाेलीले हुलाकी सडक निर्माणमा कुनै प्रकारकाेे कमीकमजाेरी नगरी गुणस्तर सामानकाे प्रयाेग गर्न ठेकेदार कम्पनीका प्रतिनिधिहरूलाई आग्रह गरेकाे थियाे  ।

20200513_143652
अनुगमन टाेलीले हुलाकी सडक निर्माण गरिरहेकाे माेतीदान कन्ट्रक्सन प्रालिका प्रबन्धक विकास गाैतमसंग बाटाेकाे गुणस्तर र त्यसमा प्रयाेग भईरहेकाे ईट्टा, बालुवा, सिमेन्टबारे जानकारी लिएकाे थियाे । हुलाकी सडकका प्रबन्धक गाैतमले निर्माणधिन हुलाकी सडकमा प्रयाेग गरिने सामानकाे गुणस्तरमा कुनै कमीकमजाेरी नगरिएकाे बताए । लकडाउनका कारण सामान ढुवानीमा धेरै कठिनाई भाेगेकाे बताउँदै बजारमा सिमेन्ट , ढुंगा, इट्टालगायतका मेट्रियलकाे अभावका बीच सडककाे काम गरिरहेकाे प्रबन्धक गाैतम बताउँछन् ।
करिब २८ किलाेमिटर हुलाकी बाटाेकाे ३६ वटा सबै कल्भर्टहरू बर्खा अगाडि नै निर्माण कार्य सकाउने गरी काम थालिएकाे प्रबन्धक गाैतमले बताए ।
अनुगमन टाेलीमा वार्ड अध्यक्ष बद्रीनारायण यादव, वडा सदस्यहरू मुकेश साह, उदिम कुमार राई, नेकपा प्रतिनिधि कृष्ण महताे, नेका प्रतिनिधि गाेपाल पाैड्याल, राप्रपा प्रतिनिधि नन्दराज थापा, शिक्षक विष्णु राजवंशी, पत्रकार आत्माराम राजवंशीलगायत थिए ।

20200513_144722

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ८ : ५९ बजे