१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्याब्सन गाैरादहकाे गायन तथा नृत्य कार्यक्रम सम्पन्न


२७ मंसिर २०७६, शुक्रबार  

0
Shares

20191213_133620

काेचिला संवाददाता
गौरादह २७, मंसिर /निजी तथा आवासीय बिद्यालय अर्गनाइजेसन नगर कमिटी गौरादहले आज गायन तथा नृत्य प्रतियोगिता संचालन गरेकाे छ। प्याब्सन नगर कमिटी गौरादहले आयाेजना गरेकाे गायन तथा नृत्य कार्यक्रममा नगर भित्र रहेका २४ वाटा संस्थागत बिद्यालयहरुकाे सहभागिता रहेकाे थियाे।गाेल्डेन सनराईज अंग्रेजी मा.बि.मा संचालन गरिएकाे -२ दिने कार्यक्रममा पहिलाे दिन कक्षा १-५ का १६ वटा बिद्यालयका बिद्यार्थीहरुले आधुनिक गितमा र कक्षा ६-८ का ९ वटा बिद्यालयका बिद्यार्थीहरुले राष्ट्रिय गितकाे नृत्यमा प्रतिस्पर्धा गरेका छन। पुर्व सांसद तथा कार्यक्रमका प्रमुख अतिथि दिपक कार्कीले कार्यक्रमकाे उद्घाटन गरेका थिए।कार्यक्रमकाे उद्घाटन गर्दै सभासद कार्कीले बिद्यार्थीहरुकाे सर्वाङगिण बिकास गराउन अतिरिक्त किर्याकलापकाे ठूलाे महत्व हुने भएकाले यश प्रकारका कार्यक्रमहरु नियमित रुपमा संचालन गर्न आबस्यक रहेकाे बताए।बिद्यार्थीहरुमा लुकेर रहेकाे अन्तर्निहित क्षामतालाई प्रस्फुटन गर्ने माध्यम अतिरिक्त किर्याकलाप रहेकाे बताए।पहिलाे दिन सम्पन्न नृत्यमा आधुनिक तर्फ बैगुन्धुरा अंग्रेजी बाेर्डिङ स्कुल प्रथम, ज्ञानज्याेती मा.बि. दाेस्राे र माउन्ट एभरेस्ट मा.बि. तेस्राे भएका थिए। त्यसैगरि राष्ट्रिय गितकाे नृत्य तर्फ माउन्ट एभरेस्ट मा.बि. प्रथम, ज्ञानज्याेती मा.बि. दाेस्राे र ईमिनेन्ट कन्चनजंगा अंग्रेजी मा.बि तेस्राे भएका थिए।बिजेता बिद्यालय र बिद्यार्थीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र बितरण गरेका थिए। शनिवार कक्षा ९-१२ का ६ वटा बिद्यालयका बिद्यार्थीहरु बिच सांस्कृतिक गितमा नृत्य हुने आयाेजकले जनाएको छ। प्याब्सन गौरादह नगर कमिटी अध्यक्ष भवानी प्रसाद पाठककाे सभापतित्वमा उद्घाटन कार्यक्रम सम्पन्न भएकाे थियाे।कार्यक्रममा गौरादह नगरपालिका वडा नं १ का वडाध्यक्ष नगेन्द्र भन्डारी, वडा नं -७ का वडाध्यक्ष बलराम खरेल र झपा प्याब्सन सल्लाहकार डम्बर पाेख्रेल लगायतले शुभकामना मन्तब्य राखेका थिए। प्याब्सन नगर कमिटी उपाध्यक्ष लक्ष्मी काेईरालाले स्वागत मन्तब्य राखेकाे कार्यक्रममा सचिव गंगा दुलाल र कार्यक्रम आयाेजना गरिएकाे बिद्यालयका शिक्षक राेहित आचार्यले कार्यक्रम संचालन गरेका थिए।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  १२ : ४८ बजे