१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पाडाजुँगीबाट तास र ९५ हजार रुपैयाँसहित ११ जना पक्राउ, बैगुनधुराबाट पक्राउ परेकाहरुलाई झिलझिले लगियो


१० फाल्गुन २०७६, शनिबार  

0
Shares

20200221_140655
दमक १०, फागुन /
झापाको दमकसंगै जोडिएको कमल गाउँपालिका वडा नं ५ पाडाजुँगीस्थित आशिष बस्नेतको घरबाट तास र नगद ९५ हजार रुपैयाँसहित ११ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार गएराती साढे ११ बजे बस्नेतको घरको एक बन्द कोठाबाट सिलबन्दी अवस्थाको ३ बुक र ५२ पत्ती तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा घर धनी २५ बर्षिय आशिष बस्नेत, कमल गाउँपालिका वडा नं ४ का ३० बर्षिय खेम तिवारी, सोही ठाउँका ३१ बर्षिय जीवन लिम्बु, वडा नं ५ का २४ बर्षिय रेवत भुजेल, ४१ बर्षिय डम्बर बुढाथोकी, २५ बर्षिय राहुल चौधरी, ३७ बर्षिय चित्र बहादुर राई, ३६ बर्षिय धन बहादुर राई, ३३ बर्षिय सन्तोष राई, ४२ बर्षिय विमल मेचे, कमल ३ का ३३ बर्षिय युके सुब्बा रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरीक्षक विजयराज पण्डीतले जानकारी दिनु भयो ।
पक्राउ परेका सबैमाथि जुवा ऐन अन्तर्गत मुद्धा दर्ता गरी कानुनी कारवाही अघि बढाइने पण्डीतले जनाउनु भयो । यस अघि बिहीबार राती झापाको गौरादह ९ बैगुनधुराबाट जुवा खेलिरहेको अवस्थामा स्थानीय अमर माविका प्रअ गोपाल पोखरेल, लेखनाथ आविका राम बहादुर ढुंगाना, नेकपाका स्थानीय नेता नेत्र पोखरेल लगायत ८ जनालाई कौडा र नगद ९१ हजार रुपैयाँसहित इलाका प्रहरी कार्यालय झिलझिलेले पक्राउ गरेको थियो । उनीहरुलाई हिजो दमक राखिएको भएपनि इलाका प्रहरी कार्यालय झिलझिलेको क्षेत्र भित्र सो खेल भएको र पक्राउ पनि सोहि इलाकाले गरेको हुँदा थप कानुनी कारवाहीको प्रकृिया अघि बढाउन झिलझिलेनै पठाइएको प्रहरी नायब उपरीक्षक पण्डीतले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  १ : ०२ बजे