१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरादहमा खाेलामा डुबेर एक बालककाे मृत्यु




गाैरादह ३०, असार / झापाको गौरादह नगरपालिका वडा नंं २ हासखोरा टोल निवासी एन्जल ताजपुरियाको पौडी खेल्ने क्रममा खोलामा डुबेर मृत्यु भएकाे छ ।
आज शनिबार अन्दाजी बर्ष १३ का एन्जलकाे स्थानिय कृष्णे खोलामा पौडी खेल्नक्रममा मृत्यु भएकाे ईलाका प्रहरी कार्यालय गाैरादहले जनाएकाे छ । गौरादह नगरपालिका वडा नं २  हासखोरा टोल  निवासी  गोविन्द ताजपुरियाका १३ वर्षीय छोरा एन्जल ज्ञान ज्योती माध्यमिक विद्यालयका कक्षा ६ मा अध्ययनरत थिए ।
पौडी खेल्दा खेल्दै एन्जल  बेपत्ता भएपछि उनीसंगै गएका अन्य ४ जना साथीहरु आत्तिदै नजिकैको गाउँतिर गएका थिए ।
हाल मृतक बालकको शव पोस्टमार्टमका लागि दमक लगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ७ : ४२ बजे