१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रदेश सांसद दर्लामीद्वारा विपन्नका लागि २२ घर शिलान्यास


३१ बैशाख २०७७, बुधबार  

0
Shares

20200513_165754

गाैरीगंज ३१, बैशाख / सरकारले ल्याएको तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत झापाको गाैरीगंज गाउँपालिका वार्ड नं. १ मा एकीकृत नमुना बस्ती निर्माणका लागि आज सिलान्यास गरिएको छ ।

सो वडामा सो कार्यक्रम अन्तर्गत कुल २२ घर निर्माणको लागि आज प्रदेश सांसद झलकसिंह दर्लामीले सिलान्यास गर्नु भएको छ ।
सो वडाको ढेबु बस्तीमा आयोजित संक्षिप्त्त कार्यक्रमका बीच बस्ती निर्माणका लागि सिलान्यास गरिएको हो । काेच , सन्थाल र राजवंशी समुदायका विपन्न परिवारलाई २२ घर निर्माण गर्न लागिएकाे हाे ।

वडा अध्यक्ष कार्तिकलाल राजवंशीकाे अध्यक्षतामा भएकाे सिलान्यास कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ , उपाध्यक्ष दिपिन्द्र थापा, नेकपा गौरीगन्ज गाउँ कमिटी अध्यक्ष बिध्यानन्द राजबनंशी अमन, रेडक्रस गाैरीगंज अध्यक्ष कैलाश मास्के, नेका प्रतिनिधि गणेश राजवंशी, विओपी कुञ्जीवारीका ईन्चार्ज अगम राई, सांसद एलपी सांवाका स्वकिय सचिव सिकिन पास्वान, प्रदेश सांसद दर्लामीका स्वकिय सचिव दुर्गा नेम्वाङ्ग, गणेश ढकाल लगायत स्थानीय सामाजिक तथा राजनीतिक अगुवाहरुका साथै लक्षित समुदायको उपस्थिति रहेको थियो ।

वडा अध्यक्ष राजवंशीका अनुसार संघीय सरकारको ७५ लाख रूपैयाँ र गाउँपालिकाकाे समेत गरि जम्मा १ कराेड ५ लाख बजेट भएपनि  बस्ती निर्माणका लागि टेन्डर आव्हान गरिएकोमा घटाघट्मा ६६ लाख रुपैयाँमा मेची कन्स्ट्रक्सन  बिर्तामाेडले सम्झौता गरेको छ । चालू आर्थिक बर्ष भित्रै सो वडाका ३ स्थानमा ढेबुबस्ती, टप्पु र बालुवाडीमा कुल २२ घर निर्माण गरिनेछ्न्। सरकारले तोकेको मापदण्ड भित्र रहेर ति घर निर्माण गरि लक्षित वर्गलाई हस्तान्तरण गरिनेछ । दुईकाेठे टिनकाे छाना भएकाे र बरण्डासहितकाे घर निर्माण हुने जनाईएकाे छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ११ : १७ बजे