१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज घर भई विदेश बस्नेहरूकाे विवरण संकलन गर्दै गाैरीगंज प्रहरी


३१ बैशाख २०७७, बुधबार  

0
Shares

20200513_185319

गाैरीगंज ३१, बैशाख / गाैरीगंज गाउँपालिकामा घर भई राेजगारी र अध्ययनका शिलशिलामा भारतलगायत अन्य मुलुकमा बसेका नेपालीहरूकाे विवरण गाैरीगंज प्रहरीले लिन शुरू गरेकाे छ ।

ईलाका प्रहरी कार्यालय गाैरीगंजले गाैरीगंज गाउँपालिकाकाे ६ वटै वडा र गाैरादह नगरपालिकाकाे वार्ड नं. ६,७ र ८ मा घर भई विदेश बसेकाहरूकाे नामावली संकलन गरिरहेकाे हाे ।

प्रदेश नं. १ प्रहरी कार्यालय विराटनगरले दिएकाे निर्देशन बमाेजिम गाैरीगंज प्रहरीले उत्त कार्य गरिरहेकाे ईलाका प्रहरी कार्यालय गाैरीगंजका प्रहरी निरिक्षक गणेश भट्टराईले जानकारी गराएका छन् ।

काेराेना भाईरसकाे संक्रमण विश्वव्यापीरूपमा फैलिदै गईरहेकाे बेला विदेशमा वसेका नेपालीहरूलाई घर फर्काउदा कति क्वारेन्टाइनकाे आवश्यकता पर्छ वा उनीहरूलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने प्रारम्भिक अध्ययनका लागि सरकारले नामावली विवरण संकलन गर्न शुरू गरिएकाे हुन सक्ने प्रहरी निरीक्षक भट्टराईले बताए ।

विदेश बस्नेहरूमध्ये  घर फर्कन चाहने  नेपालीहरूलाई यहाँ ल्याउँदा  त्यसकाे उचित व्यवस्थापन कसरी गर्न सकिन्छ र कति क्वारेन्टाइनकाे आवश्यकता पर्छ त्यसकाे याेजना बनाउन तथ्यांक संकलन गरिएकाे अनुमान गर्न सकिन्छ ।

स्थानिय जनप्रतिनिधि, पार्टी प्रतिनिधि, संघ संस्थाहरूसंगकाे समन्वयमा उनीहरूकाे तथ्यांक लिने कार्य भईरहेकाे प्रहरी कार्यालय गाैरीगंजले जनाएकाे छ ।

गाैरीगंज घर भई विदेश बस्ने नेपालीहरू भारतलगायत, अमेरिका, अष्ट्रेलिया, चीन, मलेसिया, कतार, दुवई, जापान, कुबेत, पाकिस्तान, बेलायत, क्यानाडा, बंगलादेशलगायतका मुलुकहरूमा अध्ययन तथा राेजगारीका शिलशिलामा गएकाे बताईन्छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  १ : ११ बजे