२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

मकैमा दाना नलागेपछि किसान निराशमा


१ जेष्ठ २०७७, बिहिबार  

0
Shares

received_256544659040976

गौरादह १, जेठ /गाैरादह न.पा. वडा नं. ६ काे दामुना आसपासका क्षेत्रमा लगाएकाे मकैमा दाना नलाग्दा किसानहरु निराश भएका छन्।

किसानहरुले नगदे बालीका रुपमा आयआर्जन गर्ने उदेश्यले हाईब्रेड जातका मकै लगाएपनि दाना नलागि खाेया मात्र लागेपछि किसानकाे लगानी समेत डुबेकाे छ।

मकैमा दाना नलाग्दा किसानहरुकाे लाखौ रुपैयाँ नाेक्सानी भएकाे छ। किसानहरुले १० कठ्ठा देखि १ बिघा जम्म जग्गामा मकै लगाएका छन्। पछिल्लो समयमा किसानहरुले बढि फल्ने आशामा पहिलेदेखि लगाउदै आएकाे स्थानीय मकैलाई छाेडेर हाईब्रेड जातका मकै लगाउदै आएका छन् ।

किसानहरुले प्रायः जुनसुकै बाली लगाउँदा पनि प्रत्येक बर्ष कुनैन कुनै समस्या झेल्दै आएका छन्।अधिकांश किसानहरुले मंसिर महिनामा हाईब्रेड जनतका मकै लगाउने गर्दछन्। किसानहरुले हाईब्रेड जातका मकैकाे बिऊ खरिद गरेर लगाएपछि दाना नलाग्दा समेत बीउ बिक्री वितरण गर्ने एग्राेभेट मौन छ।मकैकाे बिऊकाे पहिचान गरि बिऊकाे अवस्था बुझेर कार्वाही भएकाे छैन। मकै लगाएकाे केही महिना पछि बाेट हेर्दा अत्याधिक मात्रामा मकै फल्ने देखिएपछि किसानहरु दंग परेका थिए।

धानचमर आएपछि मकैकाे बाेटमा जाेर घाेगा लागे घाेगापनि ठुलठुला भएकाे देखेपछि घरमा मकैराख्ने ठाउँ नहुनेभयाे भन्ने किसानलाई चिन्ता समेत बढ्याे। दुर्भाग्य बस मकैमा खाेया ठुलेा लाग्याे तर दाना नलागेपछि उनीहरू निरास भए।

received_2663504757304149
गौरादह नगरपालिका वडा नं -६ का किसान शेर बहादुर पराजुलीले यस बर्ष करिब १२ कठ्ठा जग्गामा मकै खेती गरेका थिए। उनले लगाएकाे मकैमा दाना नलागेर खाेया मात्र लागेकाे छ। मकैकाे बाेट र जाेर घाेगा लागेकाे देख्ता लगभग ७० मनसम्म मकै फल्ने विस्वासमा राहेका पराजुली दाना नलागेकाे देख्दा छाँगाबाट खसेझैं भए। उनकाे खेतमा लहलह भएकाे मकैका बाेट हेर्दा गाउँलेहरुले  यसबर्ष मकैमा बाजि मारेकाे भन्ने गर्दथिए।नगदे बालिका रुपमा लगाएको मकैमा ट्याक्टर लगाएर खेत जाेतेकाे, मल,पानी, किटनासक औषधि लगाएकाे र गाेडमेल गरेकाे परिश्रम, लगानी र मेहनत खेर गयाे भने मकैकाे बाेट गाई बस्तुलाई ठिक्क भयाे ।

पराजुली जस्तै साेहि ठाउँमा मकै लगाएका अर्का किसान भुवन पाण्डेकाे ब्याथा पनि उस्तै छ।उनले पनि करिब १० कठ्ठा जग्गामा हाईब्रेड जातका मकै लगाएका थिए। उनकाे खेतमा लगाएकाे मकैमा पनि दाना लागेन।पराजुली र पाण्डे जस्तै अन्य किसानहरुकाे पनि मकै भने जस्ताे फलेन।कसैकाे पातला दाना लागेभने घाेगा साना लागेकाे किसानहरु बताउँछन्।वडा नं -६ का किसानहरुले श्री कृष्ण एग्राेभेट दामुनाबाट टि.एस.,पाइनर, लगायतका हाइब्रेड जातका मकै लगाएका हुन। वडा नं -६ का वडाध्यक्ष खड्ग प्रसाद पराजुलीले मकै लगाएर दाना नलागेका किसानहरुलाई वडा कार्यालयमा निबेदन दिन आग्रह गरेका छन्। मकैकाे बिऊ खरिद गरेकाे बिल भएमा बीउ बिक्रीवितरण गर्नेलाई कार्यवाहीकाे लागि पहल गर्न सकिने बताउदै मकैमा भएकाे नाेक्सानीका आधारमा आउदाे सालका लागि बीउ खरिद गरेर दिन सकिने वडाध्यक्ष पराजुलीले बताए।

प्रकाशित मिति : १ जेष्ठ २०७७, बिहिबार  ३ : ३३ बजे