१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

ब्राउन सुगर र नक्कली नोटसहित एक युवक पक्राउ



गाैरीगंज १९, जेठ /  ब्राउन सुगर र नक्कली नोटसहित एक युवक पक्राउ परेका छन् ।
दमक वडा नम्बर ३ बेलडाँगी शरणार्थी शिविर बस्ने ३२ बर्षीय पूर्णबहादुर बानियाँ पक्राउ परेका हुन् ।

बानियाँलाई दमक १ स्थित राधे होटल एण्ड लजको कोठाबाट विशेष सूचनाको आधारमा मंगलबार राती ११ बजे पक्राउ ब्राउन सुगर र नेपाली नक्कली नाेट सहित प्रहरीले पक्राउ गरेकाे हाे ।

उनको साथबाट ४७.५३ ग्राम ब्राउन सुगर र एउटै नोट नम्बरका नेपाली एक हजारका ८ वटा नोटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।
पक्राउ परेका उनलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ । अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाउनेसमेत प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार  १ : ४२ बजे