१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज गाउँपालिका वार्ड नं. ६ काे निर्माण हुने भवनकाे शिलान्यास




गाैरीगंज १३, चैत / गाैरीगंज गाउँपालिका वडा नं. ६ काे कार्यालय भवनकाे आज विहिवार शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष फूलवती राजवंशी, वार्ड नं. ६ का अध्यक्ष बद्रीनारायण यादवले संयुक्त रूपमा शिलान्यास गरेका हुन् । साविक  वडा कार्यालय भवन पुरानाे र सेवाग्राहीका लागि साघुँराे हुनेभएपछि प्रविधियुत्त तथा अत्याधुनिक वडा कार्यालय बन्ने भएकाे हाे ।

गाउँपालिकाकाे करसहित   ७८ लाख ३० हजार १ सय ४६ पैसाकाे लागतमा निर्माण हुने उक्त कार्यालय भवनकाे निर्माण जय मनाेज कन्स्ट्रक्सन प्रालि गाैरीगंजले गर्नेछ । मिति २०७९ फागुन २९ गते सम्झाैता गरिएकाे उक्त ठेक्का २०८० चैत ३० गते सम्ममा निर्माण सक्ने गरी ठेक्का लागेकाे हाे । समय अगावै काम सम्पन्न गरी जिम्मा लगाउने निर्माण सेवा कम्पनिले जनाएकाे छ ।
शिलान्यास कार्यक्रममा बाेल्दै गाउँपालिका अध्यक्ष राजवंशीले भने – हाम्राे गाउँपालिका कार्यसम्पादनसँगै कार्यालय निर्माणमा पनि हामी अन्य गाउँपालिकाकाे तुलनाकाे अगाडी छाै । त्यसैले याे विकास निर्माण कार्यमा सबै गाउँपालिका बासी एकजुट भएर लाग्नु बताईन् । शिलान्यास कर्मक्रममा प्रमुख प्रसाशकिय अधिकृत सन्ताेष श्रेष्ठ, कार्यपालिका सदस्य राधा अधिकारी, वडा सदस्यहरू नितेश साह, माे.आसामुदिन मियाँ, रमकुमारी विक, वडा सचिव युवराज दाहाल, ठेक्का कम्पनीका प्राेपाईटर जयनारायण दास र मनाेज दासलगायतकाे सहभागीता थियाे ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  १० : ०१ बजे