११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

गाैरीगंजमा विहान ७ बजेदेखि १० बजेसम्म खाद्यान्नलगायत अत्यावश्यक पसलहरू खुलाउन पाउने


४ बैशाख २०७७, बिहिबार  

0
Shares

20200416_181601
गाैरीगंज ४, बैशाख / गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठकाे अध्यक्षतामा वैठक बसी आज विभिन्न निर्णयहरू भएकाे गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाले जानकारी गराउनु भएकाे छ ।

बैठकमा गौरीगंज गा. पा. का प्रतिनिधि, सुरक्षा निकायका  प्रमुख तथा प्रतिनिधिहरु, र बाणिज्य संघका प्रतिनिधिहरु सहितको संयुक्त बैठक बसी तपशिल बमोजिमका प्रस्तावहरु माथि छलफल गरि निर्णय भएकाे हाे ।

निर्णय :
प्रस्तावित प्रस्तावहरुमाथि छलफल गर्दा कोरोना भइरश (कोभिड १९) को रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले लगाएको लकडाउनको मिति २०७६/१२/११ देखी हालका मिति सम्म पटक पटक थपिन गई दैनिक उपभोग्य बस्तुहरु खरिद गर्न नपाइएको जनगुनासो आएको साथै थप जनजीवन अस्तव्यस्त भएकाले गर्दा नेपाल सरकारले खुल्ला गरेका बस्तु तथा सेवालाई तल उल्लेखित सर्त बमोजिम भोलि मिति २०७७/०१/०५ गते देखि खुल्ला गर्ने भनि निर्णय गरियो ।

सर्त नं. १. किरना पसल, कृषि उत्पादनको रुपमा रहेको दुध, कृषि मल तथा विउ    विजनको हकमा विहान ७ः०० देखी विहान १०ः०० बजे सम्मको समयमा  सामाजिक दूरी कायम गरी बिक्रि वितरण गर्न दिने र औषधि पसल भने चौँबिसै घण्टा खुल्ला रहन सक्ने छ । अन्य पसल तथा व्यवसायहरु भने  अर्को सुचना नआउनजेल सम्मका लागि बन्द रहने जानकारी गरिन्छ ।

सर्त नं. २. माथि सर्त न. १ मा उल्लेख भएका दोकान तथा पसलेहरुले कम्तिमा एक  व्यक्ति देखी अर्को व्याक्ति बिचको सामाजिक दूरी २ मि. वा ६ फिट कायम राखेर मात्र आप्mनो सेवा दिनुपर्ने छ र दोकान तथा पसलेहरुले हात धुने  व्यावस्था र सानिटाइजर अनिर्वाय व्यवस्था गरेको हुनु पर्ने छ । अन्यथा माथि  उल्लेखित सुरक्षाका विधिहरु नअपनाइएको पसल तथा दोकानहरु पूर्ण रुपले बिक्रिवितरण गर्न रोक लगाइने छ ।

सर्त नं. ३. कुनै पनि परिवारमा मरिमराउ भएको अवस्थामा मृतक परिवारको आफन्तले आवश्यक पर्ने कपडा लगायतका अन्य सामाग्री खरिद गर्नु परेमा सम्बन्धि सामाग्री पसल र मृतकका आफन्ताले जनप्रतिनिधि र प्रहरी प्रशासनलाई जानकारी गरेर पसलवालाको नाम, सम्पर्क नं. र समयको व्यवस्थापन गरि खरिद गर्ने ।
माथि उल्लेखित ३ ओटा सर्त बाहेकका सेवाहरु अर्को सूचना नआउनजेल सम्मका लागि यथावत रहेको जानकारी गर्दै आजको बैठक स्थकित गरिएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहिबार  १२ : ३५ बजे