१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

म्याद गुज्रिएको बिषालुयुत्त गहुँ बिक्री गरेकाे आराेपमा १ लाख रूपैयाँ जरिवाना


३० बैशाख २०७७, मंगलबार  

0
Shares

20200512_174652
गाैरीगंज ३० , बैशाख / म्याद गुज्रेकाे बिषालुयुक्त उन्नतजातकाे गहुँकाे बीउ बिक्री गरेकाे आराेपमा यहाँको एक व्यापारीलाई १ लाख रूपैयाँ जरिवाना गरेकाे छ ।

गाैरीगंज गाउँपालिका वार्ड नं. ३ मा रहेकाे रविन खरिद विक्री केन्द्रका प्राेपाइटर रविन पाैदारलाई उनीबाट जफत गरिएकाे करिब २ सय ८० केजी (७ मन) उन्नत जातकाे गहुँकाे बीउ नष्ट गर्नुकाे साथै आज उत्त रकम जरिवना गरिएकाे हाे ।

जिल्ला प्रशासन कार्यालय चन्द्रगढीका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी खरेलकाे नेतृत्वमा आएकाे अनुगमन टाेलीले जफत गरिएकाे गहुँलाई चेकजाँच र छानवीन गर्दा अस्वस्थकर पाईएकाेले उनलाई गहुँ वेचविखन गरेकाे र खानलाई प्रयाेग गर्न तयार पारेकाे आराेपमा जरिवाना गरेकाे हाे ।

उनलाई आईन्दा यसप्रकारकाे कार्य नगर्ने नगराउने सर्तमा १ लाख रूपैयाँ जरिवाना गरिएकाे खाद्य तथा साना घरेलु उद्योग कार्यालयका प्रमुख छविलाल खतिवडाले जानकारी गराएका छन् ।
जिल्ला प्रशासन कार्यालय चन्द्रगढीका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी खरेलकाे नेतृत्वकाे टाेलीमा उद्योग कार्यालयका अधिकृत दुर्गा वास्काेटा, खाद्य अनुगमन कार्यालयका प्रमुख भरत बहादुर पुरीलगायत थिए ।

20200512_175316

गत साेमवार विहान व्यापारी पाैदारले वेच्नलाई विषालुयुक्त गहुँ धाेई पखाली घाममा सुकाईरहेकाे थाहा पाएपछि स्थानियले वार्ड नं. ३ का अध्यक्ष मखना महताेलाई जानकारी गराएका थिए ।
जानकारी गराए लगतै उद्योग वाणिज्य संघ गाैरीगंजका अध्यक्ष समेत रहेका महताे , गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ, उपाध्यक्ष दिपिन्द्र थापा, ईलाका प्रहरी कार्यालय गाैरीगंजका प्रहरी निरीक्षक गणेश भट्टराईसमेतकाे टाेलीले जफत गरि वार्ड नं. ३ काे कार्यालय छेउकाे गुदाममा राखेका थिए ।

साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडकाे उत्त म्याद गुज्रेकाे उन्नत जातकाे बीउ फेला परेकाे उद्योग वाणिाज्य संघ गाैरीगंजका अध्यक्ष मखना महताेले जानकारी गराएका छन् ।

फेला पारिएकाे उत्त सुधारिएकाे गहुँकाे ट्यागमा सुरक्षित रूपमा भण्डारण गरे गहुँकाे प्रमाणिकरण म्याद बढीमा एक बालीसम्म रहने लेखिएकाे छ । गहुँ बाली लगाउने समय कार्तिक/ मंसिर महिना हाे । गहुँकाे बाेरामा राखिएकाे ट्याग अनुसार उत्त गहुँ विषालु आैषधीबाट उपाचार गरिएकाे र गहुँकाे प्रमाणिकरण बढीमा एक बालीसम्म रहने हुदाँ म्याद गुज्रिसकेकाे हाे ।

20200510_174537

तर धान,चामल र गहुँ किनबेच गर्ने स्थानिय व्यापारी पाैदारले ८ क्वीन्टल उत्त गहुँकाे बीउ अर्का स्थानिय व्यापारी गाैरीगंज गाउँपालिका वार्ड नं. ३ घर भएका पाण्डब झासंग ६ / ७ दिन अघि किनेका थिए । म्याद गुज्रिएको गहुँ हाे भनी थाहा पाउँदा पाउदै किन उनले व्यापारी झासंग १ हजार रूपैयाँ मनकाे दरले खरिद गरे ? जिज्ञासा राख्दा पाैदार भन्छन् – गहुँकाे बीउकाे म्याद गुज्रिएकाेले धाेई पखाली सुकाएर राख्न खाेजेकाे हाे, बेच्नलाई हाेईन ।
हालकाे शुद्व गहुँकाे चलनचल्तीकाे बजार मुल्य १४ सय रूपैयाँ मन (४० केजी) हाे ।

उत्त बीउ विजनका लागि ल्याईएकाे विषादीयुत्त गहुँलाई धाेई पखाली घाममा सुकाएर तयार पारी उत्त गहुँ अन्य साना व्यापारीहरूलाई पाैदारले बेच्ने गरेकाे स्थानियबासीहरूले आराेप लगाएका थिए ।
बजारमा गहुँको अाटा ( पिठाे) बेच्ने खुद्रा साना व्यापारीहरूले रविनसंग साेही गहुँ खरिद गरि लाने गरेकाे बताईन्छ ।

कृषकलाई बेच्न ल्याईएकाे गहुँकाे बीउ याे सिजनमा नबिकेपछि व्यापारी पाण्डबले हालकाे गहुँकाे मूल्य भन्दा कम दररेटमा पाैद्वारलाई बेचेकाे व्यापारी झाले स्वीकार गरे ।
‘मैले गहुँ बाली लगाउने सिजनमै ल्याए अलि अलि ७/८ बाेरा बचेकाे थियाे त्यहि गहुँ बेचेकाे हाे,’ व्यापारी झाले भने ।’

20200510_174526
विउकाे गहुँ धाेई पखाली घाममा सुकाए भने अन्य खानलायक शुद्व गहुँ जस्ताे देखिन्छ, एक स्थानियले भने – ‘तर धाेए पनि विषादी पाखालेर नजाने भएकाेले खान नहुने गहुँ हामी उपभोक्तालाई बेचिरहेकाे पाईएकाेले स्वास्थ्यका हिसाबले हानीकारक हाे । ‘

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  १२ : ०६ बजे