बिर्तामोड / बिर्तामोडस्थित महेन्द्र रत्न माविलाई ‘नमूना विद्यालय’ बनाउने एक सय ३७ करोड रुपैयाँ को लागत स्टिमेटसहितको कार्ययोजना कार्यान्वयनमा पूर्ण सहयोग गर्ने सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । बिर्तामोड नगर प्रमुख, राजनीतिक दलका प्रमुख, विद्यालय प्रशासन, व्यवस्थापन पक्ष, विद्यालयको जग्गा उपभोग गर्ने किसान र अभिभावकका प्रतिनिधिबीच बुधबार बिर्तामोडमा भएको छलफलमा सहभागीले यस्तो प्रतिबद्धता जनाएका हुन् ।…