बिर्तामोड ८, वैशाख / शैक्षिक क्षेत्रमा देखिएको विकृति विसंगति अन्त्य हुनु पर्नेमा जोड दिँदै दुईवटा दिद्यार्थी संगठनले सरकार समक्ष ज्ञापनपत्र बुझाएका छन् । अखिल क्रान्तिकारी र नेविसंघ झापाले बिभिन्न माग राख्दै जिल्ला शिक्षा कार्यालय झापामा बुधबार ज्ञापनपत्र बुझाएको हो । ती संगठनका जिल्ला नेतृत्वको टोलीले जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइटेललाई भेटेर ज्ञापनपत्र बुझाइएको छ…