१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज प्याब्सनकाे पहिलाे दिनकाे नृत्य तथा गायन प्रतियोगिता सम्पन्न


२८ मंसिर २०७६, शनिबार  

0
Shares

20191214_181256

गौरीगंज २८, मंसिर /निजी तथा आवासीय बिद्यालय अर्गनाइजेसन गाउँकमिटी गौरीगंजले गायन तथा नृत्य प्रतियोगिता संचालन गरेकाे छ।
20191214_181317
प्याब्सन गाउँकमिटी गौरीगंजले आयाेजना गरेकाे गायन तथा नृत्य कार्यक्रममा गौरीगंज गाउपालिका भित्र रहेका १६ वाटा संस्थागत बिद्यालयहरुकाे सहभागिता रहेकाे थियाे।सनसाईन अंग्रेजी बाेर्डीङ स्कुल काेराेवारीमा संचालन गरिएकाे २ दिने कार्यक्रममा पहिलाे दिन गायन तर्फ १२वर्ष मुनिका ८ वटा बिद्यालयका बिद्यार्थीहरु र १२ वर्ष माथिका ६ वटा बिद्यालयका बिद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए।त्यसैगरि नृत्य तर्फ राष्ट्रिय गीतमा ६ वटा बिद्यालयका बिद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए।गौरीगंज गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि बाबुराजा श्रेष्ठले कार्यक्रमकाे उद्घाटन गरेका थिए।कार्यक्रमकाे उद्घाटन गर्दै श्रेष्ठले बिद्यार्थीहरुकाे बौद्धिक तथा शारीरिक बिकास गराउन अतिरिक्त किर्याकलापकाे महत्व हुने भएकाले यश प्रकारका कार्यक्रमहरु नियमित रुपमा संचालन गर्न आबस्यक रहेकाे बताए।बिद्यार्थीहरुमा लुकेर रहेकाे अन्तर्निहित क्षामतालाई प्रस्फुटन गराउन बिद्यालयहरु बीचमा प्रतिस्पर्धा गराउन आवस्यक रहेकाे धारणा राखे। पहिलाे दिन सम्पन्न नृत्यमा राष्ट्रिय गीततर्फ ज्ञानाेदय आवासीय मा.बि. प्रथम, स्नाेह्वाईट मा.बि. दाेस्राे र यूनिभर्सल एकेडेमी तेस्राे भएका थिए। त्यसै गरि १२ वर्ष माथिका बिद्यार्थीहरु बीच भएकाे गाएन प्रतियोगितामा ज्ञानकुन्ज एकेडेमी प्रथम, देबकाेटा मा.बि. दाेस्राे र क्रिमसन मा.बि. तेस्राे भएका थिए।१२ बर्ष मुनिका बिद्यार्थीहरुबीच भएकाे गाएन प्रतियोगितामा देबकाेटा मा.बि. प्रथम,क्रिमसन मा.बि. दाेस्राे र डनभिलेज अंग्रेजी बिद्यालय तेस्राे भएका थिए। बिजेता बिद्यालय र बिद्यार्थीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र बितरण गरेका थिए। आईतवार कक्षा १-८ र ९-१२ का बिद्यालयका बिद्यार्थीहरु बिच सांस्कृतिक गितमा नृत्य हुने र कक्षा १-५ का बिद्यार्थीहरु बिच आधुनिक गितमा नृत्य प्रतिस्पर्धा हुने आयाेजकले जनाएको छ। प्याब्सन गौरीगंज गाउ कमिटी अध्यक्ष तथा कार्यक्रमका सभापति कमल प्रसाद राजवंशीले कार्यक्रमकाे औचित्य माथि प्रकाश पारेका थिए।कार्यक्रममा गौरीगंज गाउपालिका उपाध्यक्ष दिपिन्द्र थापा, वडा नं २ का वडाध्यक्ष अघनु प्रसाद राजवंशी, वडा नं -३ का वडाध्यक्ष मखना महताे र झपा प्याब्सन अध्यक्ष एल. पि.उप्रेती लगायतले शुभकामना मन्तब्य राखेका थिए।आयाेजना गरिएकाे बिद्यालयकि शिक्षक ईस्वरि राजवंशीले स्वागत मन्तब्य राखेकाे कार्यक्रममा प्याब्सन गौरीगंज गाउकमिटि काेषाध्यक्ष गाेपाल प्रसाद राजवंशीले कार्यक्रम संचालन गरेका थिए।
20191214_181241

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  १२ : ३९ बजे