१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

विदेशबाट आएकाहरू स्थानिय सरकारले स्थापना गरेकाे क्वारेन्टाइनमा नबसि हाेम क्वारेन्टाइनमा बस्दै


१८ चैत्र २०७६, मंगलबार  

0
Shares

20200326_171042

गाैरीगंज १८, चैत / काेराेना भाईरसकाे संक्रमणलाई राेकथाम गर्न भारत तथा अन्य मुलुकबाट घर फर्केका गाैरादह र गाैरीगंजमा एक सय भन्दा बढी ब्यक्तिलाई निगरानीमा राखिएकाे छ ।
भारतकाे विभिन्न स्थानबाट घर फर्किएका, भारतकाे विहारमा रहेका आफन्तसंग भेटेर घर फर्किएका र अन्य मुलुकबाट घर फर्किएका व्यक्तिहरूलाई चेकजाँच गरि हाेम क्वारेन्टाइनमा कडाईकासाथ निगरानीमा राखिएकाे स्वास्थ्य शाखा गाैरीगंजका प्रमुख रामचन्द्र मिश्रले जानकारी गराएका छन् ।
गाैरीगंज गाउँपालिकाकाे वार्ड नं. १ मा २ जना, वार्ड नं. ४ मा १ जना र वार्ड नं. ५ मा १ जना, वार्ड नं. ६ मा १ गरि जम्मा ५ जना खाडी मुलुकबाट आएका व्यक्तिहरूलाई चेकजाँच गरि हाेम क्वारेन्टाइनमा नै राखी निगरानीमा रहेकाे र भारतकाे पंजाबबाट १७ जना , केरलाबाट ९ र आफन्तलाई भेटेर विहारबाट फर्केकालाई चेकजाँच गरि हाेम क्वारेन्टाइन मै राखी कडाईका साथ निगरानी गरिएकाे स्वास्थ्य शाखा प्रमुख मिश्रले बताए । उनीहरूकाे हालसम्म द‌ैनिक ज्वराे नाप्ने र अन्य स्वास्थ्य जाँच भईरहेकाे उनले बताए । यता भने गाउँपालिकाले काेराेना संक्रमण भएकाे अाशंका लागेका व्यक्तिलाई १४ दिन सम्म राख्न १० बेडकाे क्वारेन्टाइनकाे व्यवस्थापन गरेकाे छ । चैत ११ गते देखि नै व्यवस्थापन गरिएकाे क्वारेन्टाइनमा भने हालसम्म काेही व्यक्ति भर्ना भएका छैनन् । भारतलगायत अन्य मुलुकबाट अाएका सबै जना चेकजाँच गर्दै सामान्य अवस्था भएकाे भन्दै हाेम क्वारेन्टाइनमा बसेका छन् । तर यता भने विदेशबाट अाएका जाे काेहीलाई पनि १४ दिनसम्म स्थानिय सरकारले स्थापना गरेकाे क्वारेन्टाइनमा राख्ने सरकारकाे निर्देशन छ ।
त्यसैगरी गाैरादह नगरपालिकामा पनि विदेशबाट आएका १४ जनालाई चेकजाँच गरेर हाेम क्वारेन्टाइनमा राखिएकाे छ । अष्ट्रेलिया, दुवई र भारतकाे मुम्बई, दिल्ली र पंजाबबाट उनीहरू घर फर्केका हुन् । उनीहरूकाे स्वास्थ्य चेकजाँच गरि निगरानीमा राखिएकाे गाैरादह स्वास्थ्य शाखा प्रमुख प्रर्शुराम भट्टराईले बताए । उनका अनुसार १४ जना मध्ये कतारबाट आएका धिर कुमार बस्नेतलाई काेराेना भाईरस संक्रमण भएकाे आशंकामा क्वारेन्टाइनमा राखि थ्राेट साेव नेगेटिभ देखिएपछि हाेम क्वारेन्टाइनमा राखिएकाे स्वास्थ्य शाखा प्रमुख भट्टराईले बताए ।
गाैरादह नगरपालिकाकाे वार्ड नं. ३ मा रहेकाे सामुदायिक भवनमा १० बेडकाे क्वारेन्टाइनकाे व्यवस्थापन गरेकाे छ ।
20200331_160011

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  १० : २२ बजे