१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजमा सहाराकाे स्थानिय साधारणसभामा उत्कृष्ट ३ जना सम्मानित


३० मंसिर २०७६, सोमबार  

0
Shares


20191216_153613

गौरीगंज ३०, मंसिर /सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था सेवा केन्द्रगौरीगंजले २३ औ साधारण सभाका लागि प्रतिनिधि छनोट गरेको छ । सहारा नेपालको पुष २६ गते विर्तामोडमा हुने केन्द्रिय साधारण सभाका लागि सोमवार गौरीगंज सेवा केन्द्रबाट प्रतिनिधि सहभागी गराउन पहिलो चरणमा १२ जना प्रतिनिधि छनोट गरिएकाे हाे । संस्थाका गौरीगंज सेवा केन्द्रमा कुल २ हजार ३ सय ५० जना शेयर सदस्य रहेकोमा पव्लिक शेयर सदस्य १ सय ३३ बाट २० जना वरावर १ जना पर्ने गरी १२ जना छनोट गरिएको हो ।लघुवित्तवाट २ हजार २ सय १७ जनाको लागि पौष १२ गते दमकमा हुने साधारणसभावाट प्रतिनिधि छनोट गरिने संस्थाका गौरीगंज प्रमुख धर्मराज अधिकारीले जानकारी गराए ।
20191216_153556
गौरीगंजको कोटेश्वर शिवालय मन्दिरमा भएको स्थानिय साधारणसभामा सभाका संयोजक ज्ञानुनाथ मैनालीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनमा परिवार राहत कार्यक्रम,सुत्केरी पोषण कार्यक्रम, दीर्घायु सदस्य भत्ता, एकल महिला भत्ता, एकल पुरुष सहयोग कार्यक्रम, खान पुगोस दिन पुगोस् कार्यक्रम, आश्रय कार्यक्रम, जिवन वरदान कार्यक्रम लगायतका कार्यक्रमहरु समावेश गराइएको छ ।
संस्थाका संचालक समिति सदस्य श्याम प्रसाद दाहालले ३० करोड ८९ लाख ७ हजार
२८ आम्दानी र २३ करोड १६ लाख ८० हजार २ सय ७१ खर्च रहेको आर्थिक तथा लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले गौरीगंजमा भएको साधारण सभाको अवसरमा उत्कृष्ठ ऋणि अनर कुमारी यादव, उत्कृष्ठ व्यवसाय संगीता हलवाई र उत्कृष्ठ वचत कर्ता वशुमति खतिवडालाई नगद सहित सम्मान पत्रले सम्मान गरेका थियो । कार्यक्रममा गौरादह सेवा केन्द्र प्रमुख दिल कुमारी राउत, गौरीगंज सेवा केन्द्रका वरिष्ठ साहायक सुभास झा, वरिष्ठ इलाका प्रवन्धक
रामनारायण प्रधानलगायत थिए । संस्थाका गौरीगंज सेवा केन्द्र संचालन उपसमिति संयोजक भोलानाथ खतिवडाले स्वागत
मन्तव्य राखेको कार्यक्रममा संचालक समिति सदस्य चक्रपाणी खनालले कार्यक्रम संचालन गरेका थिए ।
20191216_153626

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ९ : ५१ बजे