१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

झापा क्षेत्र नं. ५, प्रदेश ( क) काे प्रदेश सभामा उम्मेदवारी दिने कांग्रेस नेता राईकाे चर्चा



गौरादह / सरकारले आगामी मंसिर ४ गते आउदै गरेको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनले झापामा चुनावी सरगर्मी बढ्दै छ ।
त्यसमाथि पनि झापा-०५ , नेकपा एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओलिको निर्वाचन क्षेत्र भएकाले यहाँको राजनितिलाई अलि चासो र चर्चाको रुपमा हेर्ने गरिएको छ ।

अघिल्लो निर्वाचनमा बाम एकता सहित राप्रपा संग गठबन्धन गरेर फराकिलो जित निकालेको एमालेलाई यसपटक भने सत्तागठबन्धनको तालमेलका कारण भर्खरै भएको स्थानिय निर्वाचनमा झापा-०५ को प्रमुख सहर दमकको राप्रपा माओबादि काङ्ग्रेस समिकरणको प्रभाव र गौरिगंज र कमलमा काङ्ग्रेसले जित निकालेकाले एमालेलाई आगामी निर्वाचनमा फलामको चिउरा भएको छ ।

गत प्रदेशसभाको निर्वाचनमा झापा-०५ ‘क’ बाट निर्वाचित हिक्मत कार्कीले काङ्ग्रेसका निकटतम प्रतिस्पर्धी अनिलकृष्ण प्रसाईलाई हराएका थिए ।

साबिक तोपगाछि , गौरादह १ देखि ८ सम्म र गौरिगन्ज ३,४,५,६ मिलेर बनेको यो प्रदेशसभा निर्वाचन क्षेत्रमा काङ्ग्रेसले बलियो र जनप्रिय उमेद्वार उठायोभने जित निकाल्न कठिन नहुने यश क्षेत्रका बुद्दिजिवि , सामाजिक ब्यक्तित्वहरु बताउँछन ।

चुनाव उठ्नका लागि हैन , जित्नका लागि पार्टिले योग्यता, क्षमता र जनभावनाको कदर गर्दै यसपटक नेपाली काङ्ग्रेस झापा – ०५ ‘क’ सभापति , गौरादह उधोग बाणिज्य संघका पुर्वसभापति जिवन राईलाई उभ्याउनुको बिकल्प नरहेको स्थानिय काङ्ग्रेसका नेता टंक कार्कि बताउछन । कार्की भन्छन –उनी पार्टीमा मात्रै हाेइन, अन्तरपार्टीमा पनि लाेकप्रिय छन्। एमालेका उम्मेदवारलाई चुनौती दिन सक्ने उनी मात्र हो।´

गौरादहमा बलियो ब्यबसायिक र राजनितिक परिचय बनाएका राई जनताको दुखसुख का सारथि , स्पस्टबक्ता, हक्कि , निडर र दयालु स्वभाव का ब्यक्ति मानिन्छन ।

गौरादह, गौरिगन्ज, कमल र दमकमा समेत सामान्य झैझगडा देखि जस्तो सुकै कठिन र बिषम परिस्थितिमा सम्झिने नाम हो जिवन राई । त्यसैले यदि यसपटक नेपाली काङ्ग्रेसले प्रदेशसभामा युवाहरु माझ लोकप्रिय पात्र जिवन राईलाई उभ्याउनु भने नेकपा एमाले ले बिगत लामोसमयदेखि यसक्षेत्रमा राख्दै आएको सांसदिय फाटको दबदबालाई तोड्न सजिलो मात्र हैन, सम्भव हुने सम्भावना देखिएको छ । गत स्थानिय निर्वाचनमा समेत गौरादह काङ्ग्रेस र मतदाताहरु बाट जिवन राईलाई मेयर पदको उमेद्वार बनाउनुपर्ने ब्यापक चर्चा भएको थियो ।

यस क्षेत्रको राजनितिमा प्रत्यक्ष जनतासंग जोडिएर अलग्गै छवि बनाएका राई, तत्कालिन झापा क्षेत्र नं ०६ नेपाल तरुण दलका सभापति , लायन्स क्लब अफ गौरादहका पुर्व अध्यक्ष समेत हुन । बृद्द्बृद्दा, युवातरुण सबैले बिश्वास गर्नसक्ने राई यस क्षेत्रका आदिवासी , जनजाति , खस आर्य लगायत सम्पुर्ण सम्प्रदायका मनमा बस्न सफल भएका छन ।

निर्वाचनमा हारजित स्वभावतः प्रक्रिया हो, पार्टिले कतिपय स्थानहरुमा गुटगत भागवन्डा र गठबन्धनको मर्म भन्दै सम्भावना बोकेका युवाहरु छायामा पार्ने गरेको छ ।

उम्मेद्बारी दिदा राजनितिक दलले ब्यक्तिको लोकप्रियता , प्रभाव र मिजासिलोपनलाई ध्यान दिन सके मात्र जित हातलाग्ने एक नेताले बताए ।उनी भन्छ्न- `यस क्षेत्रमा एमालेको बिरासत भत्काउन सक्ने एउटै उपयुक्त उम्मेदवार भनेको जीवन राई नै हो।´
उमेरले ४९ वसन्त पार गरेका राई साथीहरूले प्रदेशसभा निर्वाचनमा उठ्न प्रेरित गरिरहेकाे बताउछ्न। `राजनीतिमा प्रवेश गरेपछि जिम्मेवार पदमा पुगेर जनताको सेवा गर्न सबैको ईच्छा हुन्छ। आम साथीहरू, अग्रज अभिभावकहरु र शुभेच्छुकहरुले प्रदेशमा लड्नुपर्छ भनिरहनु भएको छ´ उनले भने- प्रदेशसभामा उम्मेदवारी दिने चाहाना छ तर, पार्टीको निर्णयलाई भने नकार्न सकिदैन।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ९ : ०९ बजे