१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

शिक्षक संघ गाैरीगंजकाे उपाध्यक्ष पदबाट पनि राजिनामा



गौरीगंज २३, फागुन / नेपाल शिक्षक महासंघ गौरीगंजको नेतृत्व चयन विषयलाई लिएर शिक्षक संघ भित्र केही दिनदेखि चलिरहेको विवादबीच शिक्षक संघ गौरीगंजका उपाध्यक्ष प्रकाश चन्द्र राजवंशीले पनि पदबाट राजीनामा दिएका छन् । आफ्नो घरायसी समस्या र कार्यव्यस्तताको कारण देखाई आजैका मितिदेखि लागू हुने उपाध्यक्ष पदबाट राजिनामा दिएका हुन् । संघका अध्यक्ष गाेपाल प्रसाद ताजपुरियाले शिक्षक संघको अध्यक्ष पदमा राजिनामा दिएको केही घण्टामै उपाध्यक्ष राजवंशीले उत्त पदमा राजीनामा दिएपछि शिक्षकसंघ भित्र खैलाबैला मच्चिएकाे छ । यता भने आजै दिउसाे १ बजे शिक्षक संघ गाैरीगंज कार्य समितकाे वैठक बसी शिक्षक महासंघ गाैरीगंजकाे अध्यक्ष पदकाे उम्मेदवार चयन गरि अनुमाेदन गर्ने जनाईएकाे छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  १ : ०९ बजे