१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरादहमा ९सय ३० जनाकाे स्वास्थ्य परिक्षण


९ पुस २०७६, बुधबार  

0
Shares

20191225_203533

गौरादह ९, पुस / गौरादह नगरपालिका वार्ड नं. ५
स्कुलचौनमा संचालन गरिएको २ दिने क्यान्सर राेकथाम, नियन्त्रण, परिक्षण सम्बन्धि निशुल्क शिबिरमा ९ सय ३० जनाले स्वास्थ्य परिक्षण गराएका छन । गौरादह नगरपालिकाका साथै वडा नं ५ काे स्कुलचौनमा रहेका महारानी झाेडा साना किसान कृषि सहकारी संस्था,महारानी झाेडा बचत तथा ऋण सहकारी संस्था,जनहित बचत तथा ऋण सहकारी संस्थाले संयुक्तरुपमा शिविरकाे आयाेजना गरेका थिए। बि.पि. मेमोरियल क्यान्सर अस्पतालकाे क्यान्सर राेकथाम, नियन्त्रण तथा अनुसन्धान बिभागकाे प्राबिधिक सहयाेगमा संचालन भएकाे शिबिरमा नाक,कान, घाँटी र महिलाहरुकाे स्तन तथा पाठेघरकाे मुखकाे क्यान्सरकाे प्रारम्भिक परिक्षण गरिएकाे थियाे।नाक, कान, घाँटीकाे परिक्षणमा अधिकांश सामान्य बिरामी भेटिएपनि १७ जना क्यान्सरको जाेखिममा रहेका बिरामीहरु भेटिएको डा.गम्भीर श्रेष्ठले जानकारी गराए। महिलाकाे स्तन तथा पाठेघर परिक्षणमा ८ जना क्यान्सरका संभावित बिरामीहरु भेटिएको र अधिकांश पाठेघरकाे संक्रमणका बिरामीहरु भेटिएका बरिस्ठ नर्सिङ अधिकृत अयाेध्या पाठकले जानकारी गराईन।शिबिर संचालन गरेकाे अन्तिम दिन रक्तदान कार्यक्रम संचालन गरिएको थियाे।नेपाल रेडक्रस साेसाईटी उपशाखा बिर्तामोडकाे प्राबिधिक सहयाेगमा संचालन भएकाे शिबिरमा ३५ पिन्ट रगत संकलन भएकाे थियाे। रक्तदानमा ९ जना महिला सहित ३५ जनाले रक्तदान गरेका थिए।समापनकाे अवसरमा बि.पि. मेमोरियल क्यान्सर राेकथाम नियन्त्रण अनुसन्धान बिभाग, तालिममा सहभागी ४० जना, गरिमा कन्डेल मेमोरियल ट्रष्टलाई सम्मानपत्र प्रदान गरिएको थियाे।महारानी झाेडा सानाकिसान कृषि सहकारी संस्था अध्यक्ष मिना ढकालकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा डा.भाेला सिवाकोटी प्रमुख अतिथि रहेका थिए। जनहित बचत तथा ऋण सहकारी संस्था अध्यक्ष याेगेस आचार्य, स्थानीय कपिलमणि काफ्लेले शुभकामना मन्तब्य राखेका थिए।गौरादह नगर स्वास्थ्य शाखा प्रमुख पर्शुराम भट्टराईले स्वागत मन्तब्य राखेकाे कार्यक्रममा महारानी झाेडा बचत तथा ऋण सहकारी संस्था अध्यक्ष मित्रदेब काफ्लेले कार्यक्रम संचालन गरेका थिए।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  २ : ५३ बजे