१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सबैखाले विभेदको अन्त्य गर्नुपर्नेमा जोड


२७ मंसिर २०७६, शुक्रबार  

0
Shares

20191213_140853

बिर्तामोड २७, मंसीर /
समाजमा अझै पनि विभिन्नखाले विभेद कायम रहेको भन्दै बिर्तामोडमा आज आयोजित एक छलफलका सहभागीले सबैखाले विभेद र उत्पीडनमा परेकाहरुको समस्यालाई सबैको साझा समस्याको रुपमा उजागर गर्नुपर्नेमा जोड दिएका छन् ।
उनीहरुले सबैखाले विभेदको अन्त्य गरी सामाजिक न्यायसहितको समृद्ध समाज निर्माणमा अग्रसर हुन सरकारको ध्यानाकर्षण समेत गरेका छन् । अमेरिकाको लुइस युनिभर्सिटी अंग्रेजी विभागका प्रमुख तथा लेखक प्रमोदकुमार मिश्रले सहजीकरण गरेको छलफलमा समाजका विभिन्न पक्ष, त्यहाँ देखिएका सहजता र असहजताका बारेमा सहभागीले आफ्नो धारणा राखेका थिए । संघीयता कार्यान्वयनपछि भएको सहजता र जटिलताबारे चर्चा हुनुका साथै मुलुकमा सुशासन बहालीका लागि सबै जिम्मेवाररुपले अग्रसर हुनुपर्नेमा जोड दिइएको थियो ।
विभिन्न जाति र भाषिको पहिचानका साथै संस्कृति र भाषाको संरक्षणका लागि उनीहरुले सरकारको ध्यानाकर्षण समेत गराए । झापाका विविध जातीय, धार्मिक, भौगोलिक, भाषिक, वर्गीय, लिङ्गीय समस्याका बारेमा विभिन्न क्षेत्रका प्रतिनिधिले आफ्ना भोगाइ आदान–प्रदान गरेका थिए । उनीहरुले झापा बहुजाति, बहुभाषि, बहुसंस्कृतिको जिल्ला भएको र यहाँ बहुपक्षीय सहिष्णुता समेत रहेको चर्चा गर्दै सामाजिक सद्भाव र सहिष्णुताका लागि जिल्लास्थित संवाद समूहले महत्वूर्ण भूमिका निर्वाह गरेको बताए ।
प्रोफेसर मिश्र, नेपाल मधेस फाउण्डेशनका तुलानारायण शाहले समाजका विविध पक्षको प्रस्तुति राखेका थिए । छलफलमा राष्ट्रिय उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष मदनगोपाल सुब्बा, नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव दयानन्द गोश्वामी, राष्ट्रिय जनता पार्टीका पूर्व अध्यक्ष सूर्यनारायण गणेश, राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष पर्शुराम मगर, बिर्तामोड नगरपालिकाकी कार्यपालिका सदस्य निता घतानी, राजवंशी इतिहासविद् पानीलाल राजवंशी, राजवंशी समाज विकास समितिका सदस्य पर्शुरामसिंह राजवंशी, आदिवादी युवा नेताहरु मोहन राजवंशी, जीवनसिंह राजवंशी, सञ्चारकर्मी अर्जुन राजवंशीले विभिन्न धारणा राखेका थिए । छलफलको सञ्चालन संवाद समूह युवा समूहका सदस्य अभय राजवंशीले गरेका थिए ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ८ : २३ बजे