१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजकाे विकास नयाँ ढंगबाट अघि बढेकाे मन्त्री कार्कीकाे भनाई


२ पुस २०७६, बुधबार  

0
Shares

20191218_172325

गौरीगंज २ , पुस / प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले गौरीगंज क्षेत्रको विकास नयाँ ढंगबाट अघि बढिरहेको बताएका छन् ।
गौरीगंज बहुमुखी क्याम्पसको २८ औं वार्षिक उत्सवको उद्घाटन गर्दै  आज मन्त्री कार्कीले गौरीगंजमा  भन्सार, बाटो, विजुली, पुल, नाला लगायतका पूर्वाधारहरुको निर्माण कार्य तीव्र रुपमा अघि बढिरहेकोले दमक र गौरादह भन्दा गौरीगंजको विकास सबै भन्दा बढि र नयाँ ढंगबाट अघि बढिरहेको तर्क गरे  ।

20191218_172338
दमक र गाैरादहमा मात्र विकास गर्ने गरेकाे अाराेपकाे खण्डन गर्दै मन्त्री कार्कीले तीन वर्ष भित्रमा गौरीगंजबाट विराटनगर १ घण्टा भित्र पुग्ने बताएका थिए । गौरीगंज  क्याम्पसको शैक्षिक गुणस्तरलाई सुधार गर्न  आफु तयार रहेको धारणा राखेका राख्दै सार्वजानिक संस्थाहरु जुन देशमा कमजोर हुन्छ त्यो देश विकासमा पछि पर्ने बताएका थिए ।
मन्त्री कार्कीले देशको काचुली फेर्न सार्वजनिक संस्थाहरूलाई अगाडी बढाउन सरकारले सहयोग गरिरहेको हुदा गौरीगंज क्याम्पसले  देशलाई आवश्यक पर्ने  जनशक्ति उत्पादन गर्न सक्ने विषय छनौट गरी त्यसको  सञ्चालनका लागि आफु कहाँ   प्रस्ताव ल्याउन आग्रह गरेका थिए ।
20191218_172356
गौरीगंज क्षेत्रमा हुलाकी सडकको निर्माण, गौरिया सिचाइ आयोजना , रतुवा र कृष्ण खोला तटवन्धन, वागाचौधरीको पुलको निर्माणमा  प्रदेश सरकारले विशेष जोड  दिएको बताउदै मन्त्री कार्कीले ती योजनाहरु समय मै सम्पन्न गर्न आफू लागि परेको बताएका थिए  ।
कार्यक्रममा क्याम्पसको वार्षिक उत्सवको अवसरमा समाजसेवी श्रवण गिरीले क्याम्पसको छात्रवृत्ति कोषमा जम्मा हुने गरि ३३ हजार रूपैयाँको चेक
क्याम्पस सञ्चालन समितिका अध्यक्ष बाबुराजा श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । उक्त रकम क्याम्पसका  स्नातक तहका विपन्न तथा जेहेन्दार
विद्यार्थीहरुलाई छात्रवृत्ती प्रदान गरिने छ । त्यसैगरी रामलाल जी धापा देवी गोल्छा च्यारिटी ट्रष्टका प्रतिनिधि शंकर कौशिकले उत्कृष्ट ११ जना
विद्याथीहरुलार्ई ५१ हजार रुपैया“ छात्रवृति  प्रदान गरेका थिए  भने ज्ञानबहादुर राईद्वारा स्थापित शिवमाया स्मृति पुरस्कार २ जना लाई १०
हजार रूपैयाँ छात्रवृति प्रदान गरिएको थियो । कार्यक्रममा चन्दा दाता तथा शैक्षिक व्यक्तित्व कुमार भण्डारी र नेपाल आयुर्वेदिक औषधी व्यवसाय संघ
प्रदेश १ का सचिव गोविन्द तिवारीलाई  दोसल्ला ओढाई  सम्मान समेत गरिएको थियो । त्यसैगरी विभिन्न विधामा प्रथम, दित्तिय, तृतिय हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
20191218_172409
क्याम्पस प्रमुख सर्वत लाल राजवंशीले क्याम्पसको वार्षिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा गौरीगंज गाउँपालिकाका अध्यक्ष तथा क्याम्पस संचालक समितिका अध्यक्ष बाबुराजा श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा गाउपालिकाका उपाध्यक्ष दिपेन्द्र थापा, वडा अध्यक्ष मखना महत्तो, नेकपा प्रतिनिधि विध्यानन्द राजवंशी, क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्ष श्याम ढकाल, स्ववियु सभापति देव ताजपुरिया लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
20191218_172442

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ११ : ४४ बजे