१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

‘प्रदेश प्रहरी ऐन ल्याउँछाै’ – मन्त्री कार्की


७ असार २०७७, आइतबार  

0
Shares

20200621_063531
गाैरादह ७, असार / प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले नेपालकै पहिलाे भेटनरी टिचिङ्ग अस्पताल गाैरादहमा निर्माण हुने बताएका छन् ।
आगामी आर्थिक वर्षकाे बजेटमा गाैरादहमा भेटनरी अस्पताल निर्माणका लागि विनियाेजन भएकाे शनिवार गाैरादह नगरपालिकाकाे छैठाैँ नगरसभामा उनले बताएका हुन् ।
कार्यक्रममा बाेल्दै मन्त्री कार्कीले भेटनरी अस्पतालसंगै गाैरीगंजमा पनि प्राविधिक विषयकाे ईन्स्टिच्युट स्थापना हुने जानकारी गराए ।
आगामी आर्थिक वर्ष २०७७/७८ काे प्रदेश बजेटमा नयाँ याेजना नथपेकाे बताउदै चालु आर्थिक वर्षमा चलिरहेका र अधुरा याेजनाहरूलाई आन्तरिक स्राेत जुटाएर निरन्तरता दिने मन्त्री कार्कीकाे भनाई थियाे ।

सरकार घाेषणा गरेकाे धानकाे समर्थन मुल्यमा किसानलाई राहत मिलाेस भन्ने हेतुले प्रदेश सरकारले थप २० प्रतिशत मुल्य थपेकाे आन्तरिक मामिला तथा कानुन मन्त्री कार्कीले बताए । उनले थपे – ‘ प्रदेश सरकारले किसानहरूलाई विउ, विजन र मल समयमा नै पाउने व्यवस्था मिलाएकाे छ, ‘ किसानकाे मल, विउ, विजनकाे आपूर्तिमा ढिला सुस्ती गर्नेलाई सशक्त कार्वाही हुन्छ । ‘
प्रदेश सरकारले प्रदेश प्रहरी ऐेन ल्याउने तयारी समेत गरिरहेकाे बताउदै मन्त्री कार्कीले गाैरादहकाे वैगुनधुरा, डाेरामारी र बालुबथानमा प्रहरी चाैकी स्थापना गरिने बताए ।’
गाैरादह प्रहरी चाैकीलाई स्तराेन्नति गरि इलाका प्रहरी कार्यालय गाैरादह ‘क’ वर्गकाे बनाउने कार्य अघि बढिसकेकाे जनाउदै मन्त्री कार्कीले सुरक्षा नीतिलाई प्रविधिमैत्री बनाउने बताएका थिए ।
आदिवासीहरूकाे बाहुल्यता भएकाे याे क्षेत्रमा बसाेवास गर्ने समुदायले उत्पादन गर्ने कुनै एक वस्तुलाई वजारिकरण गरि थप बेराेजगारी दर घटाउन सकिने मन्त्री कार्कीले बताए ।
सभामा बाेल्दै कानुन मन्त्री कार्कीले कृषि अनुदानलाई पुर्ण रूपमा राेक लगाएकाे बताउदै मन्त्री कार्कीले प्रदेश सरकारले समुहमा खेती गर्ने, भएकाे जमिनलाई चक्लाबन्दी गरि सामुहिकरूपमा खेती गर्ने कृषकलाई उत्पादनकाे आधारमा प्राेत्साहनस्वरूप अनुदान दिने बताएका थिए ।
गाैरादह बजार नजिक रहेकाे पाेखरीलाई नमुना पर्यटन गन्तव्यकाे रूपमा विकास गर्न प्रदेश सरकारकाे पुर्ण सहयाेग रहने बताउदै पाेखरीकाे क्षेत्रफललाई अझ बढाउन नगरपालिकाले जमिन अधिग्रहण गरे त्यसका लागि भाेलुममा बजेट विनियाेजन गर्न सकिने मन्त्री कार्कीले बताएका थिए ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  १२ : ५७ बजे