१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

राजवंशी समाज समितिकाे स्थापना दिवस भव्यरूपमा सम्पन्न


६ पुस २०७६, आइतबार  

0
Shares

20191222_153110
कटहरी ६, पुस / राजवंशी समाज विकास केन्द्रीय समितिले आफ्नाे २६ औं स्थापना दिवस आज भव्यरूपमा सम्पन्न भएकाे छ ।

माेरङ्गकाे कटहरी गाउँपालिका वार्ड नं. ३ मा शनिवार प्रदेश नं.१ का मुख्य मन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि शेरधन राईले समितिद्वारा निर्माण गरिएकाे भवनकाे उद्घाटन गरेका थिए ।

मुख्यमन्त्री राईले प्रदेश नं. १ मा करिब पाैने २ लाख जनसंख्या बसाेबास रहेकाे राजवंशी जातिकाे सहभागीता विना याे प्रदेशकाे समृद्धि र विकासकाे कल्पना गर्न नसकिने बताएका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मुख्य मन्त्री राईले १० वर्ष भित्रमा प्रदेश नं. १ लाई सबै जातजातिकाे भाषा, संस्कृति, पहिचानलाई संरक्षण गरि नमुना प्रदेशकाे रूपमा विकास गर्ने याेजना रहेकाे बताए ।
20191222_153220
कार्यक्रमकाे समापन समारोहमा अाज प्रमुख अतिथिको रुपमा आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय हिक्मतकुमार कार्की थिए । उक्त कार्यक्रममा माननीय मन्त्री कार्कीले विभिन्न जातजातिका मौलिक साँस्कृतिक परम्परा, रीतिरिवाज , रहनसहन र भेषभुषा हाम्रो मुलुकका महत्वपूर्ण सम्पती रहेको बताए । विविन्न जातजातिकाे संस्कृतिकाे जगेर्ना र प्रवर्द्धनले भाषा, संस्कृति र मौलिक सीपको रक्षा गरि रोजगारीको अवसर सिर्जना गर्न साथै समुन्नतिको बाटोमा अग्रसर हुन सकिने बताए ।

20191222_160914
पुस ४, ५ र ६ गते सम्म मनाएकाे स्थापना दिवसकाे अवसरमा समितिले समाज परिवर्तनका लागि विशिष्ट याेगदान गर्ने १० जनालाई सम्मान समेत गरेकाे थियाे । राजवंशी समाज विकास समितिकाे भवन निर्माणका लागि कटहरी गाउँपालिका वार्ड नं. ३ मा ५ कठ्ठा जग्गा दान दिएका केशराज राजवंशी र निर्मला देवी राजवंशी, स्व. चैतुलाल राजवंशी, स्व. हंस नारायण राजवंशी, स्व. गाेपालचन्द्र राजवंशी, स्व. भटुमलाल गैदारका प्रतिनिधिलाई, डा. नुनिलाल राजवंशी, राष्ट्रिय कबडी प्रशिक्षक विकुलाल चाैधरी, प्रशिक्षक रतिया राजवंशी, मशिला कबडी प्रशिक्षक मेनुका राजवंशी, काेच गायक दिलकुमार राजवंशी, मार्शल आर्ट गाेल्ड मेडलिष्ट रामकुमार राजवंशीलाई दाेसल्ला ओढाई सम्मान गरिएकाे थियाे ।
20191222_153158
कार्यक्रममा प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश सांसदहरू पुर्ण सिंह राजवंशी, ज्ञानेश्वर राजवंशी, विद्यानन्द चाैधरीलगायत विभिन्न जातिय संघसंस्थाका प्रतिनिधि, समाजसेवी, जनप्रतिनिधिहरूकाे सहभागिता थियाे ।
परम्परागत रितिरिवाज, लाेक सांस्कृतिक गीत संगीत स्थानिय तथा बंगाल, आसाम विहारका कलाकारहरूकाे भव्य प्रस्तुति रहेकाे कार्यक्रममा
राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष तथा पुर्व गृह राज्य मन्त्री भीमराज चाैधरी राजवंशीकाे सभापतित्वमा भएकाे थियाे । कार्यक्रममा जातिय पहिरणका स्टल, झल्ला, झालङ्ग, विछ्याैना र झलाकाे स्टल, भाका र पिठ्ठकाे स्टल, राजवंशी जातिकाे ईतिहासका पुस्तक स्टल
साथै जातिय खानपिन, घरायसी सरसमानकाे प्रदर्शनी लगायतका स्टलहरू राखिएकाे थियाे ।
राजवंशी समाज विकास समितिकाे भवन आदिवासी जनजाती राष्ट्रिय प्रतिष्ठानबाट २३ लाख, प्रदेश सांसद जीवन घिमिरेकाे प्रदेश सांसद काेषबाट १५ लाख र अन्य सहयाेगी दाताकाे चन्दाबाट कुल ८१ लाख रूपैयाँमा निर्माण भएकाे समितिका केन्द्र सचिव चन्द्रप्रसाद राजवंशीले बताए ।
उनका अनुसार १ काेठा, २ वटा हल र ट्वाइलेटसहित बाथरूम रहेकाे छ ।

20191222_153230

समितिले पुस ४ गते विहान सरसफाई तथा रत्तदान कार्यक्रम, पुस ५ गते भवन उद्वघाटन तथा स्थापना दिवस र पुस ६ गते स्थानिय तथा आसाम, बंगाल, विहारका कलाकारद्वारा जातिय लाेक संस्कृति झल्कने विभिन्न गीत संगीत प्रस्तुत भएकाे समितिका केन्द्रीय सदस्य कमल राजवंशीले बताए ।
झापा, माेरङ्ग , सुनसरी तथा भारतकाे आसाम, बंगाल, विहारलगायतका स्थानबाट जातिय पहिरनमा कार्यक्रममा सहभागी भएका थिए ।
20191222_153208
समितिले ‘ जाग, उठ,बुझ, काेच राजवंशी सभाय, पहिचान बचाते गर्व करि नेपाल देश वेनाय ‘ नारा तय गरेकाे थियाे भने आम जनसमुदायलाई उत्त कार्यक्रममा सहभागी हुन आव्हान गरेकाे थियाे । कार्यक्रमकाे संचालन समितिका सचिव चन्द्रप्रसाद राजवंशी, मनाेज राजवंशी र सपना राजवंशीले पालैपालाे गरेका थिए ।

20191222_153137
20191222_153126
20191222_153147

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ९ : ५५ बजे