गौरीगंज १३, साउन / गएरातीदेखि आएको अविरल बर्षाले गौरीगंज गाउँपालिका वार्ड नं. १ रंगियाँथानमा कन्काई नदीको बाँध टुट्दा होकलबाडीका २९ घर डुबानमा परेका छन् । खोलामा आएको बाढीले रंगियाथान र विश्वाडुब्बा बीच करिब २५० मिटर बाँध टुटेको हो । खोलाको बाढीले कृषकहरुको ५०औं विघा धानखेती नष्ट भएको छ भने ११ घर परिवार पुर्ण विस्थापित भएका…