१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरीगंज –६ को वजेट १ करोड २५ लाख भन्दा बढी


१५ श्रावण २०७७, बिहिबार  

0
Shares

ward 61

गौरीगंज १५, साउन / गौरीगंज गाउँपालिका वार्ड नं. ६ ले आर्थिक वर्ष ०७७/७८ को लागि
१ करोड लाख २५ लाख रुपैयाँ भन्दा बढी बजेट विनियोज गरेको छ ।
कार्यालयले कृषि, स्वास्थ्य, संस्कृति प्रवद्र्वन, पूर्वाधार विकास, भवन तथा शहरी विकास, उर्जा लघु तथा साना जलविद्युत, वातावरण तथा विपद् व्यवस्थापनलगायतका शिर्षकमा वजेट विनियोजन गरेको हो ।
गाउँपालिकाले सार्वजनिक गरेको वजेट पुस्तिकामा वडा कार्यालयको सिलिङ्ग वजेट ६४ लाख रुपैयाँ र गाउँपालिका स्तरिय छुट्याएको बजेटसमेत एकमुष्ट जोड्दा वार्ड नं. ६ को जम्मा बजेट १ करोड २५ लाख रुपैयाँ भन्दा बढी बजेट विनियोजन भएको हो ।
वार्ड नं. ६ ले कृषकहरुको जिवनस्तर उकास्न र आयआर्जनलाई केन्द्रिकृत गरी कृषि कार्यक्रमका लागि १६ लाख ६५हजार रुपैयाँ बजेट विनियोजन गरेको उल्लेख छ । वार्ड नं ६ को पूर्वाधार विकास अन्तर्गत सडक, पुल तथा झोलेङ्गे पुल, उर्जा, साना जलविद्युत शिर्षकमा २४ लाख ५० हजार रुपैयाँ बजेट छुट्याएको वडा नं. ६ का अध्यक्ष बद्री नारायण यादवले बताए ।

त्यसैगरी संस्कृति प्रबद्र्वन , लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण शिर्षकमा १६ लाख ९० हजार रुपैयाँ रकम छुट्टाएको छ भने वातावरण तथा विपद् व्यवस्थापनमा २ लाख ६० हजार, संस्थागत विकास, सेवा प्रवाह र सुशासनमा ३ लाख रुपैयाँ वजेट छुट्टाएको छ ।
त्यसैगरी गाउँपालिका स्तरिय योजना अन्तर्गत वडा नं. ६ मा महतो टोल देखि नयाँ हस्पिटल हुदैँ गौरीया खोलाको नयाँपुल र मलामी टहरा मिलन चौंक खजुरगाछी सडक जोड्ने स्थानसम्म सडक स्तोन्नतीका लागि ९ लाख, पर्वत राजवंशीको घरदेखि कृष्ण उप्रेतीको घर साथै श्याम ढकालको घर जोड्ने बाटो पिच ड्रेनका लागि ३० लाख, देवीगंजदेखी सुकुम्बासीसम्म अधुँरो सडक निर्माणको लागि ५ लाख, वडाका मस्जिद निर्माणका लागि ३० हजार, आत्मज्ञान मन्दिर भौतिक व्यवस्थापनका लागि १ लाख रुपैयाँ, ओमशान्ति भवन निर्माण खजुरगाछी बजार ५ लाख, खजुरगाछी बजारभित्र शौचालय निर्माण ८ लाख, नयाँ बस पार्क थप टहरा निर्माणका लागि ३० लाख रुपैयाँ बजेट छुट्याएको वडा अध्यक्ष यादवले बताए ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  ११ : ३७ बजे