१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

झापाकाे इलाका प्रहरी कार्यालय अनारमणीबाट एक बन्दी फरार


२० श्रावण २०७६, सोमबार  

0
Shares

20190805_071940
झापा, २० साउन / झापाको अर्जुनधारास्थित इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतबाट एक बन्दी भागेका छन्।

लागु औषध कारोबारमा संलग्न इलाम नगरपालिका –११ का २४ वर्षीय शंकर रसाइली प्रहरीलाई छक्याएर भाग्न सफल भएका हुन्।

पेट दुख्यो भनी प्रहरीले अस्पताल लगेका रसाइली शौचालय जान्छु भनि गएका र ५/६ मिनेटसम्म नफर्केपछि ढोका खोलेर हेर्दा झ्यालको सिसा फुटाई भागेको प्रहरीले जनाएको छ।

म्याद थप समेत नभएका अनुसन्धानको क्रममा रहेका रसाईली फरार भएपछि प्रहरीले खोजी तिब्र पारेको छ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  १ : ३३ बजे