१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज गाउँपालिकाकाे प्रवत्तामा वद्री नारायण नियुक्त



गाैरीगंज ८ , असार / गाैरीगंज गाउँपालिकाकाे प्रवत्तामा वद्रीनारायण यादव नियुक्त भएका छन् ।
आज बुधवार बसेकाे कार्यपालिकाकाे वैठकले उनलाई प्रवत्तामा नियुक्त गरेकाे हाे ।
गाैरीगंज गाउँपालिबाट सम्पादन हुने काम कारवाहीकाे सम्बन्धमा जानकारी गराउने आधिकारिक अधिकारीकाे रूपमा प्रवत्तामा नियुत्त भएका हुन् ।
उनी गाैरीगंज गाउँपालिका वार्ड नं. ६ का वडा अध्यक्ष हुन् । गाउँपालिकाकाे प्रवत्ताकाे रूपमा यादवलाई नियुक्त गरेकाे प्रमुख प्रशासकिय अधिकृत कृष्ण बहादुर कार्कीले जानकारी गराएका छन् ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ६ : ४८ बजे