४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरीगंज गाउँपालिका वार्ड नं. ३ द्वारा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ब्याग वितरण



गाैरीगंज २०, पुस / गाैरीगंज गाउँपालिका वार्ड नं. ३ भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी लाई ब्याग वितरण गरेकाे छ ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ३ ले वडाकाे सिलिङ्ग बजेटबाट विनियाेजित २ लाख रूपैयाँबाट ३ वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई ब्याग वितरण गरेकाे हाे ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ३ भित्र रहेका गाैरीगंज मावि, गाैरी प्राथमिक विद्यालय ठेकीटाेला र गाैरीगंज प्रावि हुक्कागाछीमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई ब्याग वितरण गरेकाे वार्ड नं ३ का वडा अध्यक्ष श्रवण गिरीले बताए । तीन वटै विद्यालयमा छुट्टाछुट्टै कार्यक्रम गरि सामुदायिक विद्यालयका विद्यार्थीलाई प्राेत्साहन स्वरूप वडा कार्यालयले ब्याग वितरण गरेकाे हाे । यसैक्रममा आज बुधबार गाैरीगंज मावि र गाैरीगंज प्राथमिक विद्यालयमा छुट्टाछुट्टै कार्यक्रमकाे आयाेजना विद्यार्थीलाई ब्याग वितरण गरिएकाे छ । गाैरीगंज प्राविमा आयाेजना गरिएकाे ब्याग वितरण कार्यक्रमकाे प्रमुख अतिथि गाैरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी थिईन । गाैरीगंज गाउँपालिका वार्ड नं. ३ का वडा अध्यक्ष श्रवण गिरी, वडा सदस्यहरू गंगा राजवंशी, मिना पासवान, शर्मिला राई राजवंशी, सुशील राई, विद्यालयका प्राध्नाध्यापक हरिलाल यादव, शिक्षकहरू राजेन्द्र भण्डारी, देवराज गिरी, रानी राजवंशीलगायत विद्यालय कर्मचारीहरूकाे सहभागीता थियाे ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ९ : ४९ बजे