१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरादह -७ बाट नागरिकताका लागि किर्ते सिफारिस, एक व्यक्ति पक्राउ


१२ पुस २०७७, आइतबार  

0
Shares

 

पुस १२ , गौरीगंज / गाैरादह नगरपालिका वार्ड नं. ७ दुधाली बस्ने कृष्ण तिम्सिना पक्राउ परेका छन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय झापाले हिजाे साझ पक्राउ गरेकाे हाे ।
वार्ड कार्यालयकाे किर्ते छाप र वार्ड अध्यक्ष बलराम खरेलकाे किर्ते हस्ताक्षर गरि ३ जना गैरनेपालीलाई नेपाली नागरिकता प्रमाणपत्रका लागि सिफारिस कागजात बनाएर दिएकाे अाशंकामा उनलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
उनी वार्ड कार्यालयमा विगत केही समयदेखि विचाैलियाकाे काम गर्दै आएका थिए । कार्यालयकाे छाप र वार्ड अध्यक्षकाे किर्ते छाप प्रयाेग गरेकाे भन्दै वार्ड अध्यक्ष बलराम खरेलले छानविन गर्नु पर्छ भन्दै आन्तरिकरूपमा अनुसन्धान विभागका एक व्यक्तिलाई अनुराेध गरेका थिए ।
नागरिकतामा सर्बधन राई नामकाे व्यक्तिले सनाखत गरेकाे देखिन्छ । विशाल राई छाेरा, दिपीका राई छाेरी र अमृत राई छाेराकाे नाममा सर्वधन राईले नक्कली बाबु भनेर नगरिकता अनुसुचिमा सनाखत गरिएकाे छ । नागरिकताकाे अनुसुचि १ भरी कार्तिक २७ गते वार्ड कार्यालयबाट लगिएकाे तर कार्यालयमा त्यसकाे कुनै अभिलेख नभएकाे वार्ड अध्यक्ष खरेलले बताए ।

किर्ते गरी बनाईएका नेपाली नागरिकता प्रमाण पत्रकाे छाँयाकपी

 अध्यक्ष बलराम खरेलले कार्तिक २७ गते आफुले नागरिकताकाे सिफारिस कुनै व्यक्तिलाई नदिएकाे बताए । ‘२८ गते ती ब्यक्तिहरूले काठमाडौंमा पासपोर्टकाे लागि पेश गरेपछि कार्तिक २९ गते अाफु कहाँ नागरिकताहरू शंकास्पद भएकाे कुरा खबर पाए’ अध्यक्ष खरेलले भने – त्यसपछि मैले अनुसान्धान विभागका मानिस र ईलाका प्रशासन कार्यालय गाैरीगंजमा पुगेर साेधि खाेजि गरे ।’ 
नक्कली बाबु भनेर सनाखत गरेका सर्वधन राई र उनका छाेराहरू विशाल राई, अमृत राई र छाेरी दिपिका राई भन्ने व्यक्तिहरू मेराे वार्डकाे मानिसहरू हाेईनन् र वार्ड कार्यालयकाे अभिलेखमासमेत नभएकाे ईलाका प्रशासन कार्यालय गाैरीगंजका प्रमुख धनन्ञ्य साहलाई जानकारी गराएकाे अध्यक्ष खरेलकाे भनाई छ ।
किर्ते गरि नागरिकता बनाएका उनीहरू तीनै जनाकाे ठेगाना पुरानाे जुराेपानी वार्ड नं. ८ खुलाईएकाे छ।

यीनै तीन जनाकाे नागरिकताकाे विषयमा साेधखाेज गर्नु पर्ने भन्दै हिजाे बेलुका जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएकाे टाेलीले ईलाका प्रशासन कार्यालय गाैरीगंजका प्रमुख धनन्ञ्य साहलाई नियन्त्रणमा लिएकाे छ ।
प्रहरीले नागरिकता सम्बन्धि केही साेधपुछ गर्नु पर्ने भन्दै प्रमुख साहलाई हिजाे बेलुका ७ बजे नियन्त्रणमा लिएकाे हाे । उनीसहित कार्यालय सहयाेगी आसिर आलमलाई नियन्त्रणमा लिएकाे हाे ।
जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख श्रवण कुमार तिम्सिनाले नागरिकता सम्वन्धि केही साेधपुछ गर्नु पर्ने भएकाेले उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा बाेलाईएकाे बताए । अहिले यसै भन्न मिल्दैन, छानविन गर्दैछाै , प्रमाण पुगेपछि पत्रकार सम्मेलन गरि जानकारी गराउँछाै’ जिल्ला प्रमुख अधिकारी तिम्सिनाले भने – अहिले पक्राउ चाहिँ नभनिहालाैं ।

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  ७ : १३ बजे