१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेपाली कांग्रेस क्षेत्र नं. ५ प्रदेश (क) समितिकाे पहिलाे बैठकमा ५ वटा महत्त्वपूर्ण निर्णयसहित सम्पन्न



गाैरादह २४, पुस / नेपाली कांग्रेस झापा क्षेत्र नं. ५ प्रदेश (क) समितिले समितिकाे पहिलाे वैठक सम्पन्न गरेकाे छ ।
प्रदेश समिति (क) का सभापति जिवन राईकाे सभापतित्वमा बसेकाे पहिलाे वैठकलेआज शनिवार महत्वपूर्ण ५ वटा निर्णय गरेकाे छ ।
समितिले हालै कांग्रेसकाे सम्पन्न १४ औ महाधिवेशनबाट प्रदेश नं. १ काे सदस्य पदमा निर्वाचित हुने प्रकास कार्कीलाई बधाई तथा शुभकामना व्यक्त गरी सम्मान गर्ने, टाेल समिति गठन गर्ने, गाैरीगंजमा स्वास्थ्य शिविर सञ्चालन गर्ने, सहिद दिवसकाे अवसरमा अन्तरक्रिया कार्यक्रम गर्ने र नेपाली कांग्रेस क्षेत्र नं. ५ प्रदेश (क) समितिकाे कार्यालय गाैरादहमा स्थापना गर्ने निर्णय गरेकाे छ । समितिकाे कार्यालय स्थापनाका लागि नेपाली कांग्रेस पार्टीका नेता काेमल प्रसाद ढुंगानाले एक वटा काेठा निशुल्कमा उपलब्ध गराएका छन् ।

प्रदेश नं. १ समितिका सदस्य प्रकाश कार्की, नेपाली कांग्रेस गाैरादह नगरसभापति यादवराज सेढाईकाे सहभागीतामा बसेकाे बैठकले क्षेत्र नं. ५ प्रदेश (क)समितिका उपसभापति आत्माराम राजवंशीकाे संयाेजकत्वमा स्वास्थ्य शिविर सञ्चालन गर्न उपसमिति गठन गर्नेसमेत निर्णय गरेकाे छ ।
उपसिमितिकाे सहसंयाेजकमा गाैरीगंज गाउँसभापति अघ्नुप्रसाद राजवंशी, सदस्यहरूमा गाैरीगंज गाउँपालिका वार्ड नं. ३ का सभापति यादव श्रेष्ठ, वार्ड नं. ४ का सभापति देवकुमार ताजपुरिया, वार्ड नं. ५ का सभापति संताेष कुमार गन्गाई, वार्ड नं. ६ का सभापति बद्री नारायण यादव छन् । नेपाली कांग्रेस क्षेत्र नं. ५ प्रदेश (क ) का सभापति जिवन कुमार राईकाे सभापतित्वमा सम्पन्न बैठककाे सञ्चालन सचिवद्वय राजु घिमिरे र भिम अधिकारीले गरेका थिए ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ४ : ३० बजे