११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

थप तीनजना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण पुष्टि


१५ श्रावण २०७७, बिहिबार  

0
Shares

20200528_210918

गौरीगंज १५, साउन / झापाका थप तीनजना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहुनेहरु पाथीभरा गण पाडाजुंगीका रहेका छन् । उनीहरु तालिमका लागि इलामबाट पाथीभरा गण आएको जनाइएको छ । त्यस गणका ६ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।
त्यसमध्ये तीनजनाको रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागार्इले बताए । यसअघि सशस्त्र प्रहरी वल काँकडभिट्टाका २० जना सशस्त्र प्रहरी संक्रमित भइसकेका छन् । आजै दमक नगरपालिका वडा नं ५ का एक महिलामा पनि संक्रमण पुष्टि भएको छ । भारतबाट फर्केर ४३ वर्षिया ती महिला होम क्वारेन्टाइनमा बसेकी थिइन् । योसंगै झापामा कोरोना संक्रमितको सँख्या ३५५ पुगेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  ११ : ५९ बजे