११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

पुर्व प्रअ उदयलाल यादवलाई कांग्रेसद्वारा जेष्ठ राजनीतिज्ञ सभा सदस्यमा मनाेनित


१४ श्रावण २०७७, बुधबार  

0
Shares

20200729_214317

गाैरीगंज १४, साउन / झापा गाैरीगंज गाउँपालिका वार्ड नं. ३ बस्ने गाैरीगंज माविका पुर्व प्रअ तथा समाजसेवी उदयलाल यादवलाई नेपाली कांग्रेसले जेष्ठ राजनीतिज्ञ सभा सदस्यमा मनाेनित गरेकाे छ ।
काँग्रेसका सभापति शेरबहादुर देउवाले ४ सय ७९ जना पुराना नेतासहित यादवलाई पार्टीको जेष्ठ राजनीतिज्ञ सभा सदस्यमा आज मनोनित गरेका छन् ।

received_2702184046768507
यादवसंगैै पूर्व सभामुखद्वय तारानाथ रानाभाट र दमननाथ ढुंगानादेखि पत्रकार महासंघका पूर्वअध्यक्ष होमनाथ दाहालसम्मलाई जेष्ठ राजनीतिज्ञ सभा सदस्यमा मनोनित गरेका छन् ।

यसअघि सभापति देउवाले गत माघ १९ गते काँग्रेसको नियमावली २०७६ को नियम ५० बमोजिम पार्टीका ३० जना अगुवा राजनीतिककर्मीलाई पार्टीको जेष्ठ राजनीतिज्ञ सभाको सदस्यमा मनोनयन गरेका थिए ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ४ : ०६ बजे