१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

ईलाका प्रशासन कार्यालय गौरीगंजबाट गत आर्थिक बर्ष भन्दा कम राजश्व संकलन


१३ श्रावण २०७७, मंगलबार  

0
Shares

hhh

गौरीगंज १३, साउन / ईलाका प्रशासन कार्यालय गौरीगंजले आर्थिक वर्ष ०७६/७७ मा ५६ लाख ३० हजार ३ सय ५० रुपैयाँ राजस्व संकलन गरेको छ । गत आर्थिक वर्ष भन्दा १३ लाख ८२ हजार १ सय ५० रुपैयाँ कम राजस्व संकलन भएको हो । गत आर्थिक बर्ष ०७५/७६ मा ७० लाख १२ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको थियो । चैत ११ गतेबाट मुलुकमा कोरोना भाइरसका कारण लगाइएको लकडाउनले कम राजश्व संकलन भएको  ईलाका प्रशासन कार्यालय गौरीगंजका  प्रमुख राजु    दाहालले बताए ।

प्रशासन कार्यालय गौरीगंजले नयाँ नागरिकता, नागरिकता प्रतिलिपि, नावालक परिचय पत्र, राहदानी द्रुत सेवा, कार्यालयबाट राहदानी सेवा, संस्था नविकरण शिर्षकबाट उक्त राजश्व संकलन भएको इलाका प्रशासन  कार्यालयका   गौरीगंजका प्रमुख  दाहालले बताए ।
कार्यालयबाट आर्थिक वर्ष ०७६/७७ मा १२ सय ६७ जनाले नेपाली नागरिकताको प्रमाण पत्र लिएका थिए । जसमा ६ सय ६१ जना महिला र ६ सय ६ जना पुरुषले नेपाली नागरिकताको प्रमाण पत्र लिएका थिए । नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपी ९ सय ३९ जनाले लिएका थिए । यही आर्थिक वर्षमा २७ जनाले वैवाहिक अंगिकृत नेपाली नागरिकता, २७ जनाले नाबालक परिचय पत्र, २४ वटा संस्थाले नविकरण गरेको कार्यालयले जनाएको छ ।
त्यसैगरी राहदानी द्रुत सेवा २ सय ७५ जना र कार्यालयबाट राहदानी सेवा १ हजार ५५ जनाले लिएको कार्यालय प्रमुख दाहालले बताए ।
कार्यालयले आर्थिक वर्ष ०७५/ ७६ मा ३ हजार ६५ जनालाई नेपाली नागरिकता प्रमाण पत्र, ६८ जनालाई वैवाहिक अंगिकृत नागरिकता, १२ सय ७४ जनालाई नागरिकता प्रतिलिपि ४५ जनालाई नावालक परिचय पत्र दिएको थियो । त्यसैगरी ३ सय ५ जनाले राहदानी द्रुतसेवा, १३ सय १९ जनाले कार्यालयबाट राहदानी सेवा र २५ वटा संस्थाले नविकरण गरेको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  १२ : ५४ बजे