१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरीगंज –३ को वजेट १ करोड ६३ लाख रुपैयाँ भन्दा बढी


१४ श्रावण २०७७, बुधबार  

0
Shares

ward31

 

 

 

 

 

 

ward32वडा नं. ३ को सिलिङ्ग बजेट
गौरीगंज १४, साउन / गौरीगंज गाउँपालिका वार्ड नं. ३ ले आर्थिक वर्ष ०७७/७८ को लागि १ करोड ६३ लाख रुपैयाँ भन्दा बढी बजेट विनियोज गरेको छ ।
कार्यालयले कृषि, स्वास्थ्य, संस्कृति प्रवद्र्वन, पूर्वाधार विकास, भवन तथा शहरी विकास, उर्जा लघु तथा साना जलविद्युत, वातावरण तथा विपद् व्यवस्थापनलगायतका शिर्षकमा वजेट विनियोजन गरेको हो ।
गाउँपालिकाले सार्वजनिक गरेको वजेट पुस्तिकामा वडा कार्यालयको सिलिङ्ग वजेट ६४ लाख रुपैयाँ र गाउँपालिका स्तरिय छुट्याएको बजेटसमेत एकमुष्ट जोड्दा वार्ड नं. ३ को जम्मा बजेट १ करोड ६३ लाख रुपैयाँ भन्दा बढी बजेट विनियोजन भएको हो ।
वार्ड नं. ३ ले कृषकहरुको जिवनस्तर उकास्न र आयआर्जनलाई केन्द्रिकृत गरी कृषि कार्यक्रमका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको उल्लेख छ । वार्ड नं ३ को पूर्वाधार विकास अन्तर्गत सडक, पुल तथा झोलेङ्गे पुल, उर्जा, साना जलविद्युत शिर्षकमा ४६ लाख ३० हजार रुपैयाँ बजेट छुट्याएको वडा नं. ३ का अध्यक्ष मखना महतोले बताए । त्यसैगरी संस्कृति प्रबद्र्वन , लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण शिर्षकमा ८ लाख ९५ हजार रुपैयाँ रकम छुट्टाएको छ भने वातावरण तथा विपद् व्यवस्थापनमा २ लाख ७५ हजार, संस्थागत विकास, सेवा प्रवाह र सुशासनमा ३ लाख रुपैयाँ वजेट छुट्टाएको छ ।

गाउँपालिका स्तरिय  वजेट

त्यसैगरी गाउँपालिका स्तरिय योजना अन्तर्गत वडा नं. ३ मा भत्ती तिम्सिनाको घर पश्चिम हुलाकी देखी उत्तर महेन्द्र न्यौपानेको घरसम्म जोड्ने बाटो स्त्तरोन्नतीका लागि ५ लाख, गौरादह न.पा. सिमाना वेदराज गिरीको घर देखि तेलगानी चौक जोड्ने बाटो स्त्तरोन्नतीका लागि ५ लाख, गौरीया खोलाको नयाँपुल देखि सोलार बत्तिको पोल घुम्तीसम्म सडक ग्राभेलका लागि ५ लाख, महादेव अग्रवालको घरदेखि गाउँपालिका कार्यालय लालढिकी हुदै हुक्कागाछी सम्म कालोपत्र ( बहुवर्षीय) का लागि २५ लाख, दर्शन महतोको घरदेखि चिउरा मिलसम्म कल्भर्ट, नाला सहित कालोपत्रे (बहुवर्षिय) २५ लाख, बाइसे टोला बगुवा जोड्ने लेहेराको अँधुरो पुल निर्माण सम्पन्नका लागि ५ लाख, दुर्गा मन्दिर निर्माण (बुधबारे बजार) का लागि ६ लाख, गौरीगंज बजारमा शौचालय निर्माणका लागि ८ लाख, गौरीगंज गाउँपालिका गौरीया खोला नजिक रहेको जग्गामा माछा मासु विक्रि केन्द्र निर्माणका लागि १५ लाख रुपैयाँ बजेट छुट्याएको वडा अध्यक्ष महतोले बताए ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  १० : ५७ बजे