१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

५ सय लिटर घरेलु मदिरा गौरीगंज प्रहरीद्वारा नष्ट


१५ श्रावण २०७७, बिहिबार  

0
Shares

madira 1

गौरीगंज १५, साउन  / स्वास्थ्यका हिसाबले हानिकारक मानिएको घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ ।
विक्री वितरण गर्न लाने क्रममा र   गौरीगंज बजारको विभिन्न होटल पसलबाट विभिन्न समयमा बरामद गरेको करिब ५ सय लिटर घरेलु मदिरा ईलाका प्रहरी कार्यालय गौरीगंजले आज नष्ट गरेको हो । आन्तरिक राजस्व कार्यालय दमकका प्रमुख राम प्रसाद पाठक, इलाका प्रशासन कार्यालय गौरीगंजका प्रमुख राजु दाहाल, गौरीगंज गाउँपालिका वार्ड नं. ६ का वडा अध्यक्ष बद्रीनारायाण यादवको रोहवरमा उक्त घरेलु मदिरा खाल्डोमा पुरेर नष्ट गरिएको इलाका प्रहरी कार्यालय गौरीगंजका प्रहरी निरीक्षक गणेश भट्टराईले बताए ।
madira2

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  १ : ३४ बजे