१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरीगंज १ मा २९ घर डुवान, ५० औं विघा धानबाली नष्ट


१३ श्रावण २०७७, मंगलबार  

0
Shares

ab1

गौरीगंज १३, साउन / गएरातीदेखि आएको अविरल बर्षाले गौरीगंज गाउँपालिका वार्ड नं. १ रंगियाँथानमा कन्काई नदीको बाँध टुट्दा होकलबाडीका २९ घर डुबानमा परेका छन् । खोलामा आएको बाढीले रंगियाथान र विश्वाडुब्बा बीच करिब २५० मिटर बाँध टुटेको हो । खोलाको बाढीले कृषकहरुको ५०औं विघा धानखेती नष्ट भएको छ भने ११ घर परिवार पुर्ण विस्थापित भएका छन् । विस्थापित परिवारलाई त्यहाँको इन्द्रेणी प्राथमिक विद्यालयमा राखिएको गौरीगंज गाउँपालिका वार्ड नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशीले बताएका छन् । बाँध टुट्दा खेतमा पसेको बाढीले स्थानिय देवनारायण राजवंशी, कृष्ण राजवंशी, तुलाराम राजवंशी, शिवनारायण राजवंशी, दिपक नारायण राजवंशी, जयनारायाण राजवंशी, इन्द्र बहादुर बस्नेतलगायतको खेतमा लगाएको धानबाली नष्ट भएको हो ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ११ : २९ बजे