नयाँदिल्ली- भारतको राजधानी नयाँ दिल्लीको बीचमा नेपाली विधार्थीले भरिएको एउटा ठाउँ हो, लक्ष्मीनगर । झट्ट हेर्दा मिनी नेपालको झल्को दिने यो ठाउँलाई नेपाली विद्यार्थीले सीए नगरको रूपमा परिचित गराए । पाँच वर्षको कठोर मेहेनत र परिश्रमबाट चार्टर्ड अकाउन्टेन्ट बन्न पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मबाट आएर अध्ययन गर्दै गरेका करीब १० हजार नेपाली विद्यार्थी यो संगममा आउने…